coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई सातामा चार दुर्घटना, चार जनाको मृत्यु

गोरखा–गोरखाको बारपाकमा बुधबार साँझ ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । ग १ त ४०७६ नम्बरको ट्याक्टरबाट खसेर बारपाक ४ का ३५ वर्षीय लिलाबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

ट्याक्टरको ट्रलीबाट खस्दा गुरुङलाई पछाडिको पाङ्गाले ठक्कर दिएपछि ज्यान गएको हो । चालक कुमार परियार प्रहरी नियन्त्रणमा छन्। योसँगै दुई सातामा गोरखामा ट्याक्टर दुर्घटना र ठक्करबाट गरी चार जनाले ज्यान गुमाएका छन् । दुई साता भित्र पालुङ्टारको पौवाटार, मसेल, मकैसिंङमा पनि ट्याक्टर दुर्घटना हुँदा एक÷एक जनाले ज्यान गुमाएका थिए। अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका छन्।

एक साता भित्रै ट्याक्टर दुर्घटनाका तीनवटा घटना भए र सबैमा एक जनाको मृत्यु भएको छ। हरेक दुर्घटना ट्याक्टर चालकको लापरवाहीले भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई नगर्दा दुर्घटना बढेको छ। ट्राफिक चेकजाँच हेर्ने हो भने मंसिर महिनामा कारवाहीमा परेको आठ सय सवारी मध्ये एक सय ५९ ट्याक्टर थिए। ट्राफिक नियम उलंघन गर्ने ती ट्याक्टरबाट मात्रै एक लाख १५ हजार जरिवाना राजस्व संकलन गरिएको थियो ।

पुस महिनामा छ सय ५० सवारी कारवाहीमा परेका मध्ये ७७ वटा ट्याक्टर छन् । ती ट्याक्टरबाट ५१ हजार जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो समय ट्याक्टर दुर्घटना बढेको स्वीकार गर्दै ट्राफिक प्रमुख भोजबहादुर थापाले दुर्घटना न्युनिकरण गर्न नसकिएको स्वीकार गर्दै भने, ‘हामीले नियमित चेकजाँचलाई अझै कडाई गर्दै छौँ।’
ग्रामीण भेगमा ट्राफिक नहुनु, प्रहरीले चेकजाँच नगर्नु, अनुमति पत्र नभएका ब्यक्तिलाई सवारी धनीले ट्याक्टर चलाउने जिम्मा दिनु जस्ता कारणले दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछन् ।

प्रकाशित: १३ माघ २०७३ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App