५ वैशाख २०८१ बुधबार
समाज

काठमाडौंमा छबि, महाशाखामा आमात्य र ललितपुरमा राई

काठमाडौं- लामो रस्साकसीपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा ३९ वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ। बुधबार मध्यरातमा गरिएको निर्णयअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छबिलाल जोशी, महानगरीय अपराध महाशाखामा दिनेश आमात्य र ललितपुर प्रहरी प्रमुखमा ठूले राईको सरुवा भएको छ।

त्यस्तै महाशाखाका सर्वेन्द्र खनाललाई महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ। त्यस्तै ललितपुरका पिताम्बर अधिकारीलाई मेची प्रहरी प्रमुखमा सरुवा गरिएको छ। त्यस्तै लुम्बिनी अञ्चल प्रमुख शेरबहादुर बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरोको सहनिर्देशकमा ल्याइएर प्रहरी प्रधान कार्यालयमा रहेका दीपक कुमार थापालाई लुम्बिनी पठाइएको छ।

प्रकाशित: १३ माघ २०७३ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App