coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभापति देउवा मञ्चमा बोल्दा खुमबहादुर खड्काको पक्षमा नाराबाजी

फाइल तस्बिर।

दाङ–नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधान कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन हुने बताएका छन् । निर्वाचन हुने निश्चित भैसकेको दावि गरेका उनले निर्वाचनमा सहभागी हुन आग्रह समेत गरे ।

संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यक्ता भएको भन्दै देउवाले त्यसका लागि तीन तहको निर्वाचन अपरिहार्य भएको बताए । ‘संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन जति सक्यो चाँडै हुन्छ’ दाङको चखौरामा बुधबारदेखि सुरु थारु माघी महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले भने ‘चुनावमा तपाईहरु सबै सहभागी हुनुपर्छ, त्यसका लागि तयार हुनुस् ।’

संविधान संशोधन पश्चात स्थानीय निर्वाचन गरिने भन्दै उनले असन्तुष्टहरुको माग सम्बोधनको बलियो सुत्र संविधान संशोधनको बिरोध गर्निु गलत रहेको धारणा राखे । मधेसी दलहरुको माग सम्बोधनका लागि मात्रै संविधान संशोधन गर्न लागिएको नभई संशोधन मधेसी लगाएत सबै आदीवासीहरुको हितमा रहेको बताए ।

खुमबहादुर खड्काको पक्षमा नाराबाजी

सभापति देउवालाई कांग्रेसीहरुबाटै सार्वजनिक कार्यक्रममा चर्का नाराबाजी गरेर आलोचना गरिएको छ । पार्टी उपसभापति मनोनयनमा खुमवहादुर खड्कालाई पछि पारेको भन्दै आलोचना खेप्दै आएका देउवा उनै खड्काको गृह जिल्ला दाङमा थप आलोचित बन्न पुगे ।

उनले सम्बोधन गर्दैगर्दा कार्यक्रम स्थलमै ‘खुमवहादुर दाई जिन्दावाद’ भन्दै नारा लगाईएको थियो । पार्टी उपसभापति चयनमा देउवाले खड्कालाई घात गर्न खोजेकोे भन्दै त्यसको बिरोधमा युवाहरुले खड्काको नाम लिएर नारा लगाएका थिए ।

देउवाले बोल्न सुरुगरेलगत्तै नाराबाजी सुरु भएको थियो । नाराबाजी चर्किएपछि प्रहरीले बल प्रयोग गरेर त्यो समुहलाई बाहिर निकालेको थियो । लगातार खड्काको पक्षमा नाराबाजी चर्किएपछि देउवाले मन्तव्यलाई अधिक छोट्याएका थिए ।

पार्टी सभापति भएपछि पहिलो पटक खड्काको गृह जिल्ला दाङमा आएका देउवालाई खड्काको पक्षमा नाराबाजी गरेर दबाब पुर्याउने पूर्व तयारी भएको थियो । कार्यक्रम स्थलमा रहेको त्यो समुहले देउवा बोल्नु पूर्वनै उनको कडा आलोचना गरिरहेका थिए ।

प्रकाशित: १२ माघ २०७३ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App