coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ल्यापटप बनाउन घरमा बोलाएर अपहरण

वीरगन्ज–पर्साको मुडली गाविसस्थित एक घरमा बारा जितपुरका एक युवकलाई अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुडली –३ का चन्द्रकान्त चौरसीयालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराको जितपुर–८ का सुरेश कुमार गुप्तालाई गत आइतबारदेखि आफनो घरमा बन्धक बनाएर राखेको चौरसीयालाई आरोप छ। प्रहरीले २ दिन अगाडि रातिको समयमा उनलाई पक्राउ गरेको थियो । चौरसीयाको घरमा बन्धक बनाएर राखिएका गुप्ता शौच गर्न निस्केको मौकामा भागेर उम्किएका थिए। उनले गुहार मागेपछि गाउलेले संरक्षण गरेर प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चक्रबहादुर शाहको नेतृत्वमा राति नै पुगेको प्रहरी टोलीले घरबाट चौरसीयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गुप्तालाई अपहरण गर्ने अपहरणकारीहरु भने फरार छन् । अपहरणमा संलग्न बारा जितपुर ८ का जाकिर हुसेन सहित अरु व्याक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ल्यापटप र कम्प्युटरको मर्मत गर्ने पेशामा रहेका गुप्तालाई गत आइतबार हुसेनले ल्यापटप मर्मत गर्ने बहानामा बोलाएर अपहरण गरी मुडलीका चौरसीयाको घरमा बन्धक बनाएर राखेका थिए । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ माघ २०७३ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App