coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

पाल्पा–गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

शिक्षक चिरञ्जीवी बास्तोलाले विदामा दिएको गृहकार्य नगरेको भन्दै एक घण्टासम्म कुखुरा बनाउँदा बेहोस भएर लडेको पीडित विद्यार्थीले बताईन्। सोमबार दिउँसो पाँचौ घण्टीमा सजाय दिएकै बेला बेहोस भएपछि शिक्षकहरुले नजिकको स्वास्थ्य चौकी पु¥याएका थिए।

रुचालको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्यालयका प्रअ नारायण कुँवरले छात्रामा अन्य स्वास्थ्य समस्या पनि रहेको बताए। शिक्षकको कमजोरी भए छानविन गरेर कारवाही हुने उनले बताए।

 

प्रकाशित: १२ माघ २०७३ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App