८ वैशाख २०८१ शनिबार
प्रवास

कांग्रेस नेतृ देउवा लन्डनमा

लन्डन– नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा.आरजु देउवा लन्डन आइपुगेकी छन्। कांग्रेस सभापति शेरबहादुर पत्नी समेत रहेकी उनले एक साता लामो भ्रमणका क्रममा बेलायत सरकार एवं गैरसरकारी संस्थाका बैठकहरुमा सहभागिता जनाउने छिन्।

कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समितिले उनको सम्मानमा एक कार्यक्रम राखेको समितिका महामन्त्री राजकुमार त्रिपाठीले बताए।

श्रीमती देउवाले बेलायतस्थित दातृ नियोग, प्रमुख प्रतिपक्षी दल लेबर पार्टी एवं एम्नेस्टी इन्टरनेसनलका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ। उनले मंगलवार साँझ लन्डनस्थित हथ्रो बिमानस्थल आइपुग्दा नेपालीराजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए।

स्वागतका लागि जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, बेलायत भ्रमणमा रहेका पर्यटन सचिव शंकर अधिकारी लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए।

प्रकाशित: १२ माघ २०७३ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App