८ वैशाख २०८१ शनिबार
राजनीति

छिमेकी राष्ट्रसँग सम्बन्ध सुधार भएको छ: मन्त्री महत

तुलसीपुर- परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताएका छन्।  प्रेस युनियन दाङले बुधबार दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँदै गएको बताएका हुन्। “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उनले भने।

विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताए। उनले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताए।

उनले वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको र ती दुई कामलाई प्रमुखतामा राखेको उल्लेख गरे। उनले अब छिट्टै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने पनि बताए। रासस

प्रकाशित: १२ माघ २०७३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App