७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्प पीडितलाई न्यानो वितरण

सिन्धुपाल्चोक– परोपकारीहरुको अन्तराष्ट्रिय संस्था ‘लाइन्स क्लव’ अन्र्तगत नेपालको ३२५ अन्र्तगतको सिन्धुपाल्चोक क्लवले भूकम्प प्रभावित चार गाविसका पीडितलाई न्यानो वितरण गरेको छ ।

अन्तराष्ट्रिय संस्था र सिन्धु क्लवको संयुक्त प्रयासमा भूकम्पले थला परेको सिन्धुपाल्चोकको विकट गाविसहरु मांखा, फूलपिङकोट ,फूलपिङ डाडाँ र जलविरेका ६ हजार पाँच सय परिवारलाई स्लिपिङ ब्याग वितरण गरेको हो। क्लवले वितरण गरेको स्पिङ व्याग पाएपछि पीडितले यो वर्षको जाडो काट्ने साहस पलाएको प्रतिक्रिया दिए ।

२०७२ वैशाख १२ गते र त्यसपछि गएका भूकम्पमा परी घर गुमाएर छाप्रोमा बसेका विपन्न परिवारका पीडितलाई लक्षित गरी क्लवले न्यानो वितरणको कार्य गरेको हो । चार गाविसबाट आएका पीडितले शिरक र ओड्ने ओछ्याउनी नभएको अवस्था क्लवले गरेको सहयोग ठूलो राहत भएको बताए ।

उनीहरुले अत्यावश्यक बस्तु भन्दा अन्य कुराको राहत वितरण गर्नेहरु धेरै आएको तर दैनिक आवश्यकीय वस्तु लिएर क्लव आएकोमा धन्यवाद दिए । उनीहरुले आगामी दिनमा पनि पीडितहरुलाई यस्तै सेवा गर्ने कार्य गर्न आग्रह गरे । भूकम्प गएपछि क्लवले पुन उद्दार, राहत वितरणमा सहयोग गर्दै आएको थियो।

 क्लवले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गिरन्चौर नमुना वस्तीमा चिन्ड्रेन पार्क निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गरेको थियो । क्लवले वृद्ध वृद्दा र अपाङगलाई अलग्गै स्लिपङ ब्याग वितरण गरेको थियो।
 

प्रकाशित: १२ माघ २०७३ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App