१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्पदा पुनर्निर्माणमा ताला

काठमाडौं-विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ। स्थानीयलाई बेवास्ता गर्दै छेकबार गरी ठेकेदारले मनोमानी ढंगबाट पुनर्निर्माण कार्य अगाडि बढाएपछि स्थानीयले मंगलबार ताला लगाएर पुनर्निर्माण रोकेका हुन्।

पुरातत्व विभागले टेन्डर आह्वान गरेर मन्दिरको पुनर्निर्माण जिम्मा प्राकृतिक सानु सुवाल एसपी जेभी निर्माण कम्पनीलाई लगाएको थियो । कम्पनीले मन्दिरलाई वरिपरि जस्तापाताको छेकबार गरेको पाएपछि स्थानीयले ताला लगाएका हुन् । ‘मन्दिर पुनर्निर्माण थाल्नुअघि परम्पराअनुसार क्षमापूजा गर्नुपर्छ,’ स्थानीय तथा मन्दिरका पूजारी दीपक श्रेष्ठले भने, ‘हामीले पटक–पटक ठेकेदार र विभाग दुवैलाई खबर ग¥यौँ । पुनर्निर्माण थाल्नुअघि हामी खबर गर्छौ भने पनि खबरै नगरी काम थालेको पाएपछि छेकबार गरेर बनाएको ढोकामा ताला लगाएर काम रोकेका छौँ।’

स्थानीयले ऐतिहासिक सम्पदाको मौलिकता जोगाउन पुनर्निर्माणमा आफूहरुलाई सहभागी गराउनुपर्ने माग राख्दै आएका छन् । वसन्तपुर दरबार क्षेत्रमा सम्पदा पुनर्निर्माण गरिरहेको पुरातŒव विभाग र काठमाडौं महानगरपालिकाले आफूहरुलाई बेवास्ता गर्दै जबर्जस्ती ठेकेदार लगाएर काम अघि बढाइएको स्थानीयको गुनासो छ ।

‘ठेकेदारले मुनाफाका लागि काम गर्छन्,’ स्थानीय वीरेन्द्रभक्त श्रेष्ठले भने, ‘अनि मुनाफा कसरी आउँछ भनेर सोच्ने ठेकेदारले कसरी सम्पदालाई बलियो बनाउलान् ?’

अर्का स्थानीय गणपतिलाल श्रेष्ठ सम्पदाको माया स्थानीयलाई बढी हुने बताउँछन् । ‘ठेकेदारलाई दिन पाइँदैन । ठेकेदारलाई वसन्तपुर क्षेत्रमा कुनै हालतमा छिर्न दिँदैनौँ । बरु हाम्रो सम्पदा हामी आफैँ बनाउन तयार छौँ,’ उनले भने ।

यता, विभाग भने सम्पदा पुनर्निर्माणमा स्थानीयलाई बेवास्ता नगरेको बताउँछ । ‘हामीले स्थानीयलाई बेवास्ता गरेका छैनौँ,’ विभाग महानिर्देशक भेषनारायण दाहालले भने, ‘हामीले नेपाल सरकारको ऐनअनुसार नै ठेक्का दिएर काम थालेका हौँ । कानुनअनुसार नै अगाडि बढ्दा बेवास्ता भएको मान्न मिल्छ ?’ काम रोक्नुको कारण र स्थानीयको मागबारे बुझ्न स्थानीयलाई बुधबार विभाग बोलाएर छलफल गर्ने उनले बताए ।

मन्दिरको इतिहास

मन्दिरमा रहेको शिलापत्रमा पनि १७३६ सालमा मन्दिर बनेको मिति उल्लेख छ । राजा नृपेन्द्र मल्लको निधनसँगै उनको सम्झनामा यो मन्दिर निर्माण गरिएको स्थानीय वीरेन्द्रभक्त बताउँछन् । अघिल्लो वषएको भूकम्पले भत्किएको यो मन्दिरको अहिले जगदेखि पुनर्निर्माण कार्य थालिएको हो । पुराताŒिवक महŒवको सम्पदा पुनर्निर्माण गर्दा ऐनअनुसार पुरातŒवको मापदण्डअनुसार गर्नुपर्छ । मापदण्डमा आधुनिक सामग्री (रड, सिमेन्ट, बालुवा) नहाली पुरातŒवको सामग्री (काठ, सुर्की, चुना लगायत)बाट बनाउनुपर्ने हुन्छ।

 

प्रकाशित: १२ माघ २०७३ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App