७ वैशाख २०८१ शुक्रबार
खेल

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

काठमाडौं– नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।

नेपालले माल्दिभ्समा महिला विश्व भलिबल च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोन छनोट प्रतियोगिता खेल्नेछ । शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँगै इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले अर्को चरणमा खेल्ने अवसर पाउनेछ । प्रतियोगिता खेल्न लागेको नेपाली टोलीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका खेलाडी समावेश गरिएको छ ।

मंगलबार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले विदाइ गरे ।

नेपाली टोलीमा कप्तान बिनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, सरस्वती चौधरी, प्रतिभा माली, नेविका चौधरी, रेश्मा भण्डारी, अरुणा शाही, कोपिला उप्रेती, उषाकुमारी विष्ट, मनिषा चौधरी, कृपा अधिकारी र कमला पुन छन् । नेपाली टोलीले सुदेशकुमार रिमाल र सलिना श्रेष्ठको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ । टोलीको व्यवस्थापक नेपाल भलिबल संघकी सदस्य जुनु पुनमगर छिन् ।

प्रकाशित: १२ माघ २०७३ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App