८ वैशाख २०८१ शनिबार
राजनीति

पालैपालो सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी रित्याँइदै छ: डा. भट्टराई

धादिङ- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकारमा रहेका प्रमुख तीन दलहरु राज्यको ढुकुटी भागबण्डा गरेर खाने भन्ने विषयमा झगडा गरिरहेको आरोप लगाएका छन्। 

                मंगलबार राष्ट्रिय यूवा अभियान धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै भट्टराइले यस्तो आरोप लगाएका हुन्। सरकारमा रहेका प्रमुख तीन ठूला दलहरु सबै जनतालाई संविधानको स्वामित्वमा ल्याउने भन्दा पनि पालैपाले सरकारको नेतृत्व गरेर राज्यको ढुकुटी भागबण्डा गरेर खाने भन्ने विषयमा झगडा गरिरहेका छन्। भट्टराइले भने–‘हामी त्यसो कदापी हुन दिँदैनौं, त्यसको हामी विरोध गर्छौ।’

                नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जसरी पनि सत्ताको भागवण्डा कसरी गर्ने भन्ने खेलमा रुमलिएको दावी गरे।

                कार्यक्रममा बोल्दै संयोजक डा. भट्टराइले प्रदेश र स्थानीय तह पुनसंरचनाको टुङ्गो नलागेसम्म निर्वाचन संभव नभएको बताएका छन् । सत्तामा भएका कांग्रेस, एमाले र माओवादी केन्द्रले जनता अलमल्याउन चुनावको मिति घोषणा गर्ने कुरा उठाइरहेको भन्दै भट्टराइले तत्काल चुनाव हुने संभावना नरहेको दावी गरे । सत्तामा रहेका दलहरुले हामी चुनाव गर्न चाहन्थ्यौ भन्ने बहानामा जनतालाई छल्नका निम्ति चुनावको कुरा गरिरहेको भन्दै भट्टराइले स्थानीय तहको पुनसंरचना नगरी चुनावको कुरा गर्नु पाखण्डिपूर्ण रहेको बताए।

                अहिलेको सिमाङ्कन चुनावी स्वार्थ हेरेर भएको भन्दै उनले भने–‘अहिले जुन ढंगबाट प्रदेश र स्थानीय तहको सिमाङ्कन गरिएको छ त्यो ठिक छैन, यो चुनावी स्वार्थ हेरेर गरिएको सिमाङ्कन हामीलाई मान्य छैन।’ संविधान कार्यान्वयन गर्नका निम्ति असन्तुष्ट पक्षको माग समेटेर संविधान संसोधन गरेर मात्रै निर्वाचनको कुरा अघि बढाउन सकिने उनले बताए। नहुने चुनावको मिति घोषणा गरेर जनता ठग्ने काम नगर्न सत्ताधारी दलहरुलाई डा.भट्टराइले सुझाए।

प्रकाशित: ११ माघ २०७३ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App