coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक हप्ता भित्र चुनावको मिति घोषणाः अर्थमन्त्री महरा

काठमाडौं-  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मले शिष्टचार भेट गरेका छन्।  

भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय संवन्धलाइ अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै वेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे।

नेपाल सँक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको बताउँदै उपप्रधानमन्त्री महराले एक बर्ष भित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार रहेको बताए। उनले एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्ने बताए। सरकार संविधान कार्यान्वयनको दिशामा अघि बढेको बताए।

लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको बताए।

 

प्रकाशित: ११ माघ २०७३ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App