७ वैशाख २०८१ शुक्रबार
समाज

भाउजु लिन आएका युवाको कोखमा छुरा प्रहार गरी हत्या

सुनसरी–छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी–१५ बस्ने १९ वर्षीय जयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

चौधरीले आइतबार ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए। मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए। उपचारको लागि गोल्डेन हस्पिटल बिराटनगर पठाइएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरी फरार भएका जयनारायण चौधरीलाई प्रहरीले सोमबार ईनरुवा–६ स्थित बस पार्कबाट पक्राउ गरेको हो।

प्रकाशित: ११ माघ २०७३ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App