७ वैशाख २०८१ शुक्रबार
राजनीति

एस जयशंकरको कार्यकाल एक वर्ष थप

काठमाडौं— भारत सरकराले विदेश मन्त्रालयका सचवि एस जयशंकरको कार्यकाल एक वर्षका लागि थप गरेको छ। नेपालका लागि राजदूत चयन सहितको निर्णय गर्नुपर्ने मिति नजिक आइरहेका बेला मोदीका विश्वासपात्र जयशंकरको पदावधि थप भएको हो।

नाकाबन्दीको मुख्य योजनाकारमध्ये जयशंकर पनि एक जना रहेको मानिन्छ।

नेपालमा संविधान सभाबाट संविधान जारी हुनै लाग्दा त्यसलाई रोक्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा काठमाडौं आएका थिए। ३ असोज २०७३ मा संविधान जारी हुनुभन्दा तीन दिन अगाडि नेपाल आएका उनले संविधान जारी नगर्न मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई दवाब दिएका थिए।

सो दवाबको बेवास्ता गर्दै संविधान जारी भएपछि आक्रोशित भारतले नेपालमाथि ६ महिना लामो कडा आर्थिक नाकाबन्दी गरेको थियो। सो नाकाबन्दीको मुख्य योजनाकारमध्ये जयशंकर पनि एक जना रहेको मानिन्छ।

आगामी महिना भारतीय विदेश मन्त्रालयले केही मुख्य नियुक्तिहरु गर्दैछ। नेपालका लागि भारतीय राजदूत रणजीत राय कार्यकाल पूरा गरी फर्किने समय भएकाले उनको ठाउँमा नयाँ राजदूतको चयन पनि छिटै हुनेछ।
 

प्रकाशित: ११ माघ २०७३ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App