८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गाम्बियाको राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

बन्जुल–पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक क्षेत्रीय संगठन ‘इसिओड्ब्लुएस’ को सेनाले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याहय जम्मेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो । 

‘इसिओड्ब्लुएस’ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको थियो । राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्च अधिकारी र अन्तर्राष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता पनि भएको थियो । ‘यहाँ केही समस्या छैन । हामी शान्ति चहान्छौँ । शान्ति नै राम्रो कुरा हो,’ वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एक सुरक्षाकर्मीले बताए ।

निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएका थिए । जाँदाजाँदै निवर्तमान राष्ट्रपति जम्मेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाका बीच थुप्रै ट्रकमा टनाटन सरसामान पनि लगेका थिए ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै झन्डै शुरु हुन लागेको रक्तपातपूर्ण विद्रोह पछि पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक संगठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जम्मेहलेसत्ता त्याग गरेका थिए ।

श्चिम अफ्रिकी राष्ट्रहरूको संगठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए ।     निर्वासनमा जानुभन्दा केही समय अघि उनले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढंगले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गरेको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताएका थिए ।

राष्ट्रपति जम्मेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जवर्जस्ती गाम्बियाको शासन सत्तामा आएका थिए ।

चारैतर्फबाट यसको विरोध र पश्चिम अफ्रिकी राष्ट्रहरू आर्थिक संगठनको दवावपछि उनले देशमा देखावटी निर्वाचनको प्रणाली त बसालेका थिए तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेद्वार अदाम बर्रोको निर्वाचित भएका थिए ।

प्रकाशित: ११ माघ २०७३ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App