coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बिजुली चोरीमा संलग्नलाई पाँच दिन म्याद

काठमाडौं- प्रहरीले विद्युत् चोरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएको छ। पक्राउ परेका १६ जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो। महाशाखाले पत्रकार सम्मेलन गरी लोडसेडिङ बढाउने क्रियाकलापमा संलग्न प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठसहित अन्य १६ जना पक्राउ गरेको जनाएको थियो।

पक्राउ पर्नेमा बालाजुका सुपरभाइजर कामनपा–२८ बस्ने श्रेष्ठ, प्राधिकरणका पूर्वमेन्टिनेन्स रामेछापका टहलबहादुर कार्की, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भक्तपुर नगरकोटका भगवान पाण्डे छन्। त्यस्तै पक्राउ परेका मिटररिडरमा सर्लाहीका महादेव प्रधान, सिन्धुपाल्चोकका अच्युत खड्का, अछामका दिलबहादुर साउद, नुवाकोटका ओम ढुंगाना, रामेछापका श्याम बस्नेत, काठमाडौंकाका प्रदीप शर्मा, दाङ फूलबारीका सूर्यबहादुर थापा, काठमाडौंका ठाकुर महर्जन र मनिज श्रेष्ठ छन्। पक्राउ परेका मिटररिडरमध्ये प्रधान हेटौंडा वितरण केन्›, खड्का बानेश्वर शाखा तथा थापा लगनखेल शाखामा कार्यरत हुन् भने अन्य सात जना वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा कार्यरत थिए।

महाशाखाका अनुसार लोडसेडिङ बढाउने कार्यमा संलग्न व्यवसायीमा मञ्जुश्री खानेपानीका सञ्चालक काठमाडौं गोकर्णेश्वर निवासी कुमार लामा, मिठाई व्यापारी भारतको हाउडा जिल्ला निवासी तपन घोस, भारत मोतीहारीका कपास व्यापारी परवेज आलम र रामेश्वर मिठाई पसल अनामनगरका रमेश चुडाल छन्।

 

प्रकाशित: ११ माघ २०७३ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App