coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफ्नो विरोध गर्ने महिलाप्रति ट्रम्प आक्रोशित

वाशिंटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्टले आफ्नो विरोध गर्ने महिलालाई राष्ट्रपतिको निर्वाचनमा आफू विरुद्ध भोट किन नगरेको भन्दै प्रश्न गरेका छन्। राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पको विरोधमा विश्वका विभिन्न ठाउँमा ट्रम्प विरुद्ध प्रदर्शन भइरहेको छ।

बीबीसीका अनुसार अष्ट्रेलिया, न्युजल्याण्ड तथा जापानमा ट्रम्प विरुद्ध महिलाहरुले प्रदर्शन गरेका छन्। शनिबार अमेरिकामा हलिउडका हस्तीसहित लाखौं महिलाले ट्रम्प विरोधी नाराबाजी गरेका थिए।

आफ्नो विरोधमा विश्वभरका महिला सडकमा उत्रिएपछि राष्ट्रपति ट्रम्पले आइतबार ट्विट गर्दै भने, ‘हिजो मैले महिलाहरुले विरोध  प्रदर्शन गर्दै गरेको देखेँ, आश्चर्य लाग्यो, भर्खरै चुनाव भएको छ। भेट दिने बेला कता थिए विरोध गर्ने महिला ? यी महिलाले मेरो विपक्षमा किन भोट गरेनन?’ ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफूलाई मिलेको विजयतर्फ संकेत गरेका थिए।

एक ट्विटर यूजर म्याट हेगले २०१२ मा बराक ओमाबा राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले उनको विरोधमा सडकमा उत्रिन अपिल गरेको स्मरण गराएका छन्। २०१२ मा ट्रम्पले ट्विट गर्दै भनेका थिए, ‘हाम्रो देश गम्भीर संकटमा छ। यो निर्वाचन एक नाटक हो। हामीले यसको विरुद्ध वाशिंटनको सडकमा उत्रिनु पर्छ।’
पछि ट्रम्पले अर्को ट्विट गर्दै भनेका थिए, ‘शान्तिपूर्ण विरोध प्रदर्शन लोकतन्त्रको पहिचान हो, भलै म यसको समर्थन गर्दिन । तर अभिव्यक्तिको आधिकारको म पूरा समर्थन गर्छु।’
 

प्रकाशित: १० माघ २०७३ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App