८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचनको तयारीबारे प्रधानमन्त्री र प्रमुख आयुक्तबीच परामर्श

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त यादवसँग प्रधानमन्त्री आयोगको तयारीका विषयमा परामर्श गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। छलफलमा प्रधानमन्त्रीले सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको भन्दै जेठ १५ सम्म निर्वाचन गर्न सकिने नसकिने विषयमा जिज्ञासा राखेका थिए।

 प्रधानमन्त्रीले सरकार चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा  गर्ने तयारीमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीन दलबीच स्थानीय तहको निर्वाचन गर्ने सहमति भइसकेको, आफूले त्यसकालागि छलफललाई तिव्रता दिएको र चाँडै मधेसी मोर्चासँग पनि सहमति गर्ने बताएका थिए। प्रधानमन्त्रीले लामोसमयदेखि स्थानीय तहको निर्वाचन नहुँदा बेथिति बढेको भन्दै सरकार निर्वाचन गराउने तयारीमा रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए।

जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण पूर्वाधार तयार भइसकेपछि निर्वाचनको तयारीकालागि आयोगलाई चार महिनाको समय चाहिने बताएका थिए। हालसम्म कानुन नभएको भन्दै यादवले चाँडो निर्वाचन सम्बन्धी कानुन नहुँदा आयोग अन्योलमा रहेको बताएका थिए।

प्रकाशित: १० माघ २०७३ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App