बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

मङ्गलबार, २१ असार २०७३, १८ : ३२ नागरिक

काठमाडौं–  इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ । यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहमन्त्रालयले अनुरोध समेत गरेको छ।

यसैबीच गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिए।

उनले ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पष्ट पारे।

उनले भने, “भोलि (बुधबार)नै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुन सक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौँ ।” रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad