coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्ट्रेलियन शैक्षिक मेलामा प्राविधिक विषय आकर्षण

काठमाडौं- कलंकीकी राजश्री आइतबार होटल याक एन्ड यतीमा आयोजित अस्ट्रेलियन शैक्षिक मेलामा  विश्वविद्यालय र अध्ययन गर्ने विषय छनोट गर्न पुगिन्। सूचना प्रविधि (आईटी) मा उच्च शिक्षा अध्ययन गर्न चाहेकी उनी डेकिन, ल्याबट्रब र भिक्टोरिया विश्वविद्यालयको स्टलमा परामर्श लिन व्यस्त थिइन्। आफू सूचना प्रविधिमा  स्नातकोत्तर गर्न अस्ट्रेलिया जाने तयारीमा रहेको उनले बताइन्।

'विदेशी विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र विश्वबजारमै बिकाउ हुन्छ,' राजश्रीले भनिन्, 'मैले एउटै छानामुनि अस्ट्रेलियाका धेरै राम्रा विश्वविद्यालयमा पढाइ हुने विषय, लाग्ने शुल्क, शैक्षिक वातावरणलगायत स्पष्ट बुझेँ।'

जोरपाटीका रविन सिग्देलले विश्वविद्यालयका स्टलमा इन्जिनियरिङ विषय अध्ययनमा लाग्ने शुल्क र विश्वविद्यालयका सेवासुविधाबारे स्पष्ट जानकारी लिएको बताए। अस्ट्रेलियामा रहेका विश्वका उत्कृष्ट विश्वविद्यालयबाट विश्वस्तरको डिग्री सहजै हासिल गर्ने सकिने भएकाले आफूले त्यहाँ जाने तयारी गरेको उनको भनाइ छ। उनले भिक्टोरिया विश्वविद्यालयका प्रतिनिधिबाट सिभिल इन्जिनियरिङको कोर्स, शुल्क, छात्रवृत्ति, शैक्षिक वातावरण  र पढाइपछिको अवसरबारे समेत छर्लंग भएको बताए।

'हामीकहाँ विश्वविद्यालयमा बढ्दो राजनीतिले चारवर्षे कोर्स पाँच वर्षमा पनि पूरा हुँदैन,' सिग्देलले भने, 'अस्ट्रेलियन एजुकेसन प्रणाली स्तरीय छ। समयमै कोर्स पूरा हुन्छ।' पढाइ सकेपछि पोस्ट स्टडी वर्कले शिक्षामा गरिएको लगानी उठाउन सकिनेमा उनी विश्वस्त छन्।

अस्ट्रेलियामा विद्यार्थीलाई पढाइसाथै काम गर्ने अवसर पनि भएकाले अभिभावकमाथि आर्थिक भार नपर्ने मेला आयोजक संस्था एइसिसी ग्लोबलका व्यापार प्रमुख सचिन उपाध्यायले बताए।

उनका अनुसार शैक्षिक मेलामा अस्ट्रेलिका २२ विश्वविद्यालयका स्टल थिए। मेलामा उच्च शिक्षा हासिल गर्न चाहने हजार विद्यार्थीले परामर्श लिएको उपाध्यायको दाबी छ। मेलामा अस्ट्रेलियाका विश्वविद्यालयहरूमा आवेदन, भर्ना र छात्रवृत्ति, भिसासम्बन्धी जानकारी दिइएको थियो। यस्तै एमबीए, बिजनेस प्रोग्राम, विज्ञान तथा इन्जिनियरिङ, कम्प्युटिङ, आइटी, टेलिकम्युनिकेसन, मेडिसिन र नर्सिङ विषयका बारेमा विद्यार्थीले परामर्श लिएका थिए।

कार्यक्रममा नेपालमै पहिलोपटक विदेश अध्ययनसम्बन्धी जिज्ञासा समाधानका लागि फेसबुक डिस्कसन सेसन पनि आयोजना गरिएको थियो।

। मेलामा पुगेका विद्यार्थीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अस्ट्रेलिया क्याथोलिक विश्वविद्यालय, सेन्ट्रल क्युन्सल्यान्ड, चार्ल्सस्टट, कर्टिन, डिकेन, इडुको, फिलिन्डर्स, आइआइबिआइटी, जेम्स कुक, लाट्रोब, नविटास, साउदर्न क्रस, स्विनबर्न, युनिभर्सिटी अफ न्यु इङ्ल्यान्ड, युनिभर्सिटी अफ वलङगन, भिक्टोरिया, वेस्टर्न सिड्नी, युनिभर्सिटी अफ न्यु कास्टल, युटिएस र  केन्ट विश्वश्वविद्यालयका स्टल  थिए।

कार्यक्रममा सहभागीका लागि आइइएलटिएस/पिटिई/टोफल अध्ययनका लागि विशेष प्याकेजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १० माघ २०७३ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App