१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चुहिएरै सकिन्छ १३ अर्बको बिजुली

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ। प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ। विद्युत् चुहावटलाई यस वर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्राधिकरणले त्यो प्रयास सफल हुन सक्नेमा भने आंशका गरिँदै छ।

देशैभर अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले आइतबार नागरिकलाई बताए। प्राधिकरणले आइतबारै प्रहरीको सहयोगमा चुहावटमा सघाउने प्राधिकरणका कमचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले प्राधिकरणलाई पुर्‍याएको नोक्सान पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

'केकति नोक्सान पुर्‍याए, अहिले नै यकिन गर्न सकिँदैन,' प्राधिकरणका प्रवक्ता अधिकारीले भने, 'विद्युत प्राधिकरण र सरकारलाई नोक्सान पारेको सूचनाका आधारमा अनुसन्धान थालिएको हो।'

प्राधिकरण भन्छ– करिब २ सय ४० मेगावाट विद्युत् चुहावट भएर सकिने गरेको छ। 'चुहावट नियन्त्रण गर्ने काम विगतदेखि नै जारी छ,' प्रबलले भने, 'अहिले विशेष फोकस गरेरै सबै वितरण केन्›मा कार्यक्रम अघि बढाएका छौं।'

प्राधिकरणकै कर्मचारीको मिलोमतोमा ४–५ प्रतिशत बिजुली चोरी हुने गरेको विज्ञको भनाइ छ।

'पार्टीकै संरक्षणमा कर्मचारीले बिजुली दुरुपयोग गरेका छन्,' प्राधिकरणका एक अधिकारीले भने, 'राम्रा र नराम्रा दुवैथरी कर्मचारी युनियनमा हुन्छन् र युनियनकै संरक्षणमा बिजुली चुहावट हुने गरेको छ।'

लामो समयसम्म एकै क्षेत्रमा रहेका कर्मचारीबाट चुहावट बढी हुने गरेको विज्ञ जनाउँछन्। पाँच वर्षभन्दा बढी एकै ठाउँमा बस्न नपाउने व्यवस्था परिमार्जन गर्न खोज्दा टे्रड युनियनले विरोध जनाएका कारण चुहावट नियन्त्रणमा समस्या परेको ऊर्जा मन्त्रालयको भनाइ छ।

प्राधिकरणले आठवटै क्षेत्रीय कार्यालय र त्यस मातहतका ९४ वितरण केन्›मा चुहावट रोक्न एकसाथ विशेष अभियान सुरु गरेको छ। चुहावटका कारण हिउँदमा लोडसेडिङको चरम समस्या भोग्नुपरेको छ।

प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि लुकीचोरी गरिएको चुहावट घटाउन सकिने विज्ञहरुको भनाइ छ। प्राधिकरणले चुहावट नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ। प्राधिकरणले कर्मचारीको मिलेमतो र हुकिङ गरी बिजुली चोर्ने एक–दुई जनालाई दिनहुँजसो पक्राउ गर्छ।

विशेष गरी, बारा, पर्सा, रौतहट, नेपालगन्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुरलगायत क्षेत्रका व्यक्ति पक्राउ गरिएको प्रधिकरणको भनाइ छ। 

चुहावट घटाउन २०६८ सालमा पाँचवर्षे रणनीति बनाइएको थियो जसमा त्यतिबेला रहेको चुहावटलाई २८.३५ बाट २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो। तर, पाँच वर्ष पुग्न लाग्दासमेत अझै चुहावट २६ प्रतिशतमै छ।

विद्युत् चुहावट नियन्त्रणलाई विद्युत् उत्पादनभन्दा बढी महŒव दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन्। चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सके नियन्त्रण हुन सक्ने र यसको अधिकार वितरण केन्›लाई दिनुपर्ने माग वितरण केन्› प्रमुखको छ।

चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ। यसैगरी प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारण औल्याउने गरिन्छ।

चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत प्राधिकरणले विद्युत् पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्नेमाथि कारबाही गरेको छ।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि विद्युत् चोरी नियन्त्रणमा आक्रमक कारबाही सुरु गरिएको हो। उनले विद्युत्मा भएको चुहावट नियन्त्रणका लागि अभियान चलाउन निर्देशन नै दिएका छन्। मिटर नभएका ठाउँमा तत्काल जडान गर्नसमेत उनको निर्देशन छ। घिसिङ प्रबन्ध निर्देशकमा आउनेबित्तिकै सुकुम्बासीलाई समेत मिटर दिन मिल्ने गरी प्राधिकरणबाट निर्णय गराएका थिए। यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढ्दो क्रममा रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विद्युतको महसुल तिर्न बाँकी वक्यौता भएकाको लाइन काट्ने कार्य कार्य जारी राख्दै विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानमा लागेको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: १० माघ २०७३ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App