८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस–पहाडको सम्बन्ध अटुट छः प्रधानमन्त्री

सिरहा-प्रधानमन्त्री पुष्पकमल दहालले मधेस, पहाड र हिमालको साझा अस्तित्व स्वीकार्न आग्रह गरेका छन्। भुगोल, संस्कृती, परम्परा र बसोबासले मधेस–पहाड र हिमाललाई मालामा जोडेर राखेको बताए। मिलेर बसेको भूगोललाई अलग्याएर कसैको अस्तित्व सम्भव नहुने उनले बताए।

माओवादी केन्द्रका कार्यालय सदस्य विश्वनाथ प्रसाद साहकी आमा सागरदेवी साहको १३ औं पुण्यतिथीको अवसरमा साह निवास नेपानेमा आयोजित शोकसभामा प्रधानमन्त्री दहालले भने, ‘देशलाई बिखण्डन गर्ने स्वरहरु सुनिन थालेको छ, मधेसलाई बर्बाद र अधिकारबिहीन बनाउने षड्यन्त्रलाई जनताले तह लगाउने छ।’

संविधान संशोधन प्रक्रिया सफल पार्न सबैसँग समझदारी भैरहेको उल्लेख गर्दै उनले भने,‘सबै दलसँग समझदारीका लागि अधिकत्तम प्रयत्न जारी छ।’

प्रकाशित: ९ माघ २०७३ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App