८ वैशाख २०८१ शनिबार
कला

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

काठमाडौं –हलिउड फिल्म विशेषज्ञ डभ साइमनको ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल राजधानीमा सुरु भएको छ। फिल्म निर्देशन, लेखन, निर्माण, लगानी र वितरणलाई प्रोत्साहन गर्दै आयोजना गरिएको कार्यशाला आइतबारदेखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको हो। 

प्राकृतिक सुन्दरताले भरिएको नेपालभित्र रहेको स्थानीय कथावस्तुलाई समेटेर अन्तराष्ट्र्रियस्तरको फिल्म निर्माण गर्न सकिने उनले बताए।

'निर्देशन, लेखन, निर्माण, लगानी र वितरण लगायतका विषयमा जोड दिएर कम बजेटमा राम्रा फिल्महरु निर्माण गर्न प्रोत्साहित गरेको छ,’हलिउड फिल्म विशेषज्ञ डभ साइमनले भने, 'स्क्रिप्टमा मेहेनत गरेर कम बजेटमा फिल्म निर्माण गर्न सिकाउनेछु।'

दुई दिने फिल्म स्कुललाई  द काठमाडौं स्कुल अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा आयोजना गरेका हुन्। संसारभर झण्डै ३४ देशमा आयोजना भइसकेको डभ साइमनको दुई दिने कार्यशालामा हलिउड अभिनेता विल स्मिथ, क्वीन लाटिफा, क्रिस्टोफर नोलन, स्पाइक ली, जर्ज क्लोनी र क्विन्टिन टाराटिनो लगायत सहभागि भइसकेका छन्। 

सुन्दर नेपालभित्र राम्रो कथाहरु रहेको भन्दै उनले कार्यशालाले नेपाली फिल्ममेकरहरुलाई फिल्म निर्देशन, लेखन, निर्माण, लगानी र वितरणमा जोड दिन प्रोत्साहित गर्ने उल्लेख गरे।

अमेरिकी दूतावासकी प्रवक्ता इनिका स्टोनहमले भनिन्,‘हामीले सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिइरहेका हुँदा डभ साइमनले फिल्मको व्यापारलाई केन्द्रित गरेर कार्यशालाको आयोजना गरेका हौं।’ दुई दिने कार्यशालामा स्क्रिप्ट, निर्देशन, निर्माण, अन्तराष्ट्र्रि फिल्म महोत्सवको महत्व र अन्तराष्ट्र्रिय बजार लगायत विषयहरु राखिएका छन्। 

‘दुई दिने कार्यशालामा झण्डै एक सय ३० भन्दा बढी सहभागी छन्। त्यसमध्ये अधिकांश नेपाली फिल्म क्षेत्रमा आवद्ध निर्देशक, कलाकार, लेखक, सिनेमेट्रोग्राफर र समिक्षक छन्,’आयोजक द काठमाडौं स्कुल अफ सिनेमाका नरेन्द्र मैनालीलेल भने। 

द काठमाडौं स्कुल अफ सिनेमाले यसअघि स्क्रिप्ट लेखन, निर्देशन र सिनेमेट्रोग्राफीबारे विभिन्न कार्यशाला दिदैं आएको छ। 

कार्यशालामा सहभागी ‘झोला’ फिल्मका निर्देशक यादव भट्टराई कार्यशालाले स्थानीय कथावस्तुमा आधारित फिल्म निर्माण गर्न प्रोत्साहन मिलेको बताए। ‘नेपालीहरुको स्थानीय कथामा आधारित फिल्म निर्माण गर्न कार्यशालाले प्रोत्साहित गरेको छ। कम बजेटमा राम्रो फिल्महरु निर्माण गर्न सकिन्छ भन्नेमा जोड दिएको छ,’ उनले भने।

प्रकाशित: ९ माघ २०७३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App