७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मध्यरातमा जेट विमान चढेर निवर्तमान राष्ट्रपतिले देश छाडे

डाकार (सिनेगल)-गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसार गिनीका राष्ट्रपति अल्फा कोन्डे आफ्नो निजी जेट विमानसहित बन्जुल आएका र निवर्तमान राष्ट्रपति जामेह सोही विमानमा चढी राष्ट्रपति कोन्डेसँगै गिनीको राजधानी कोनाक्राइतर्फ पलायन भएका खबरमा उल्लेख छ ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिँचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्तामोह त्याग गरेका हुन् ।

त्यस्तै, निवर्तमान राष्ट्रपति जामेहका परिवार तथा निकट समर्थकहरु पनि मौरिटानियामा दर्ता रहेको अर्को एक विमानमा चढी राजधानी बन्जुलबाट प्रस्थान गरेका छन् । जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाकाबीच थुप्रै ट्रकहरुमा टनाटन सरसामान पनि ओसारी साथमै लैजान भ्याएका भनेर समाचार विवरणमा उल्ले छ ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिँचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्तामोह त्याग गरेका हुन् ।

पश्चिम अफ्रिकी राष्ट्रहरुको संगठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गतः शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए । उनले आफूविरुद्ध आउने सम्भाव्य खतरालाई दृष्टिमा राख्दै देश छाडेर निर्वासनमा जाने निर्णय लिएका हुन् ।

निर्वासनमा जानुभन्दा केही समय अघि उनले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङगले सुल्झाउन सघाउने वचनवद्धता व्यक्त गरेका र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताएका थिए ।

गाम्बियामा शान्तिपूर्ण सत्ता हस्तान्तरण सम्बन्धमा मध्यस्थताका लागि पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको प्रतिनिधिका रुपमा आएका मौरिटानियाका राष्ट्रपति मोहम्मद औलाद अब्दुल अजिज र गिनीका राष्ट्रपति अल्फा कोन्डे राजधानी बन्जुलमै केही दिनदेखि सँगै बस्दै आएका थिए । रासस-एपी

प्रकाशित: ९ माघ २०७३ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App