सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

आइतबार, ०९ माघ २०७३, १३ : ४८ नागरिक

बेइजिङ (चीन) र वेलिङ्गटन (न्युजिल्याण्ड)-अष्टे्लियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्र मुन्तिर १६० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।  त्यसैगरी अष्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्यु गिनीमा पनि आइतबार ८.० म्याग्निच्युडको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था (युएसजिएस)ले भने दुबै देशमा गएका भूकम्पको मापन ८.२ म्याग्निच्युड रिक्टरस्केलको भएको जानकारी दिएको छ ।
हाल भूकम्प गएका दुबै मुलुकहरु भौगर्भिक हिसाबले क्रियाशील र जोखिमयुक्त ूप्रशान्त महासागरीय अग्निचक्र (प्यासिफिक रिङ्ग अफ फायर)ू को घेरा भित्र पर्दछन् । रासस/सिन्ह्वा/एपी






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad