तरकारी बजार व्यवस्थित गर्न मन्त्री पुनको निर्देशन

मङ्गलबार, २१ असार २०७३, १७ : ३६ नागरिक

काठमाडौँ, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिएका छन्।

गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था विभागले आज संयुक्त रुपमा गरेको अनुगमनमा सहभागी हुँदै मन्त्री पुनले बजारमा गुणस्तरहीन खाद्य वस्तु रहेको र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

सरकारले अब निरन्तर अनुगमन गर्ने बताउँदै उहाँले व्यापारीलाई दीर्घकालीन रुपमा समस्या समाधानको उपाय खोज्न आग्रह गर्दै तीन दिनभित्र फोहर व्यवस्थापन गर्न निर्देशन दिए।

कुहिएको र सडेगलेका तरकारी तथा फलफूल काठमाडौँमा ल्याउँदा त्यसले थप विकराल समस्या ल्याउने भएकाले त्यस्ता सामग्री नल्याउन पनि मन्त्री पुनको आग्रह छ। अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेले उपभोक्ताको हित संरक्षणका लागि विभागले निरन्तर रुपमा अनुगमन गरिरहेको र उपभोक्ता हित विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका निरीक्षक कमल ओझाले प्रत्येक दुई वर्षमा आफ्नो तरकारी जोख्ने सामानको जाँच गर्न आग्रह गरे। मन्त्रीसहितको अनुगमन टोलीले कालिमाटीमा रहेको तरकारी, माछा र बल्खुमा रहेको फलफूल पसलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा फलफूल व्यापारीले सामान आयात गर्ने जिल्लाबाट काठमाडौँसम्म ल्याउँदा विभिन्न स्थानमा लाग्ने करमा सहुलियत दिन मन्त्रीलाई अनुरोध गरेका थिए । फलफूल तथा तरकारी व्यापार महासङ्घका महासचिव रुद्र पाठकले बल्खुमा रहेको फलफूल पसलको उचित व्ययवस्थापनमा सहयोग गर्न सरकारसँग आग्रह गरे। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad