coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो गाँसमै ढुङ्गा: ट्रम्प विरुद्ध विश्वव्यापी प्रदर्शनको तयारी

वासिङटन–अमेरिकामा ४५ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आएसँगै महिला अधिकार लगायत नागरिक अधिकारमा चुनौति थपिएको भन्दै शनिबार हजारौँको संख्यामा विरोध ¥यालीको तयारी गरिएको छ ।

‘वुमन्स मार्च’ नाम दिइएको उक्त विरोध ¥यालीमा सहभागी हुन अमेरिकाको विभिन्न सहरहरुबाट मानिसहरु राजधानी वासिङटन जम्मा भएका छन् । २ लाख ५० हजार भन्दा बढि प्रदर्शनकारी सहभागी रहने दावी गरिएको विरोध कार्यक्रमको प्रमुख आर्कषणमा महिलाहरुको ¥याली रहने आयोजकले बताएका छन् ।

वासिङटन डिसीमा भएको हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन रहने भनिएको प्रदर्शनमा सहभागी हुन सामाजिक सञ्जाल फेसबुकबाट आमन्त्रण गरिएको छ ।
वासिङटन डिसी बाहेका बोस्टन, न्युयोर्क, सिकागो र लस एन्जलस् जस्ता ठूला ठाउँहरु लगायत देशका ६०० भन्दा बढि ठाउँमा ‘भगिनी ¥याली’को पनि तयारी रहेको बतइएको छ ।
प्रदर्शनमाथि एक्यबद्धता जारी गर्दै अमेरिका बाहेका सिड्नी, हङकङ, लण्डन र पेरिस लगायत विश्वका विभिन्न ठूला सहरहरुमा पनि प्रदर्शनको तयारी भएको छ ।

प्रकाशित: ९ माघ २०७३ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App