काठमाडौं- फरवार्ड माइक्रोफाइनान्सको सेयरमा नयाँ आस्बा अथवा पुरानै तरिकाबाट आवेदन दिन सकिने भएको छ। नेपाल धितोपत्र बोर्डले आस्बा लागू भएको घोषणा गरे पनि लगानीकर्ताको सहजताका लागि उक्त माइक्रोफाइनान्सको सेयर आवेदन दुवै तरिकाले दिन सकिने व्यवस्था गरिएको हो।
कुन विधिबाट सेयरमा आवेदन दिने भन्नेमा लगानीकर्ता अन्योलमा थिए। दुवै तरिकाबाट आइतबार (आज) देखि खुल्ने उक्त कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएपछि अन्योलमा परेका लगानीकर्ताका लागि केही राहत मिलेको छ।
नयाँ तरिका मात्र अपनाउँदा लगानीकर्ताले असहज महसुस गर्ने भएकाले आस्बा वा पुरानै तरिकामध्ये जे सजिलो लाग्छ त्यही विधिबाट आवेदन सकिने व्यवस्था गरिएको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले शनिबार नागरिकलाई बताए।
बोर्डले सर्वसाधारणलाई लाम नबसी सेयर आवेदनको सुविधा दिन लागू गरेको यो व्यवस्थालाई आस्बा भन्ने गरेको छ। 'आस्बा माघ १ देखि लागू हुने घोषण गरे पनि लगानीकर्ताको सुविधाका लागि दुवै तरिका अपनाउन सकिने व्यवस्था गरिएको हो,' उनले भने, 'फरवार्ड माइक्रोफाइनान्सको सेयर भर्दा आस्बा वा पुरानै तरिका अपनाउन सकिन्छ।'
बोर्डले आस्बा पहिलोपटक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लागू गर्दै छ। 'अन्य जिल्लाबाट पुरानै तरिकालेे फाराम भरे पनि काठमाडौं उपत्यकामा भने नयाँ तरिका (आस्बा) बाट सेयर भर्ने अनुमान गरिएको छ,' बोर्डका प्रवक्ता गिरीले भने, 'लाइनमा बस्न र नगद बोक्न नपर्ने भएकाले पनि नयाँ विधि अपनाउनु उपयुक्त हुन्छ।'
माघ १ गतेबाट सेयर आवेदकको बैंक खातामै पैसा रोक्का हुने र सेयर बाडँफाँट भएपछि परेको सेयरको पैसा कटाएर बाँकी फुकुवा हुने प्रणाली (आस्बा) लागू हुने निर्णय बोर्डले गरिसकेको छ। यस्तो तरिका अपनाउँदा बजार विकास तथा विस्तार हुने धारणा बोर्डको छ।
आस्बा प्रणाली लागू गरिनु बजार सुधारको महŒवपूर्ण पाइला भएको बोर्डका भनाइ छ। धितोपत्रको सार्वजनिक निष्कासन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाइ सर्वसाधारण लगानीकर्ताले सहज रुपमा धितोपत्र खरिद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका २०७३ जारी गरी नयाँ तरिका (आस्बा) लागू गरिएको बोर्ड प्रवक्ता गिरिले बताए।
धितोपत्र बोर्डले केही समयको कार्यान्वयन अवस्था हेरेर आस्बालाई विस्तारै अनिवार्य गर्ने तयारी गरेको छ। आस्बामा सेयर भरे बराबरको पैसा आवेदकको बैंक खातामा रोक्का गरिन्छ। सेयर बाँडफाँट गरेपछि सेयर परे बराबरको पैसा कटाएर बाँकी पैसा पुनः लगानीकर्ताले झिक्न मिल्ने बनाइन्छ।
आस्बा तरिका अपनाउनेले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयरमा आवेदन दिन लामो लाइन बस्न नपर्ने बोर्डको भनाइ छ।
लाइनमा नबस्नका लागि ३४ वटा वित्तीय संस्थामध्ये कुनै एकमा खाता हुन आवश्यक छ। लगानीकर्ताले आफ्नो खाता भएको संस्थामा गएर उक्त कम्पनीको सेयर आवेदन दिन सक्ने छन्। आवेदन लिनका लागि बैंकका कर्मचारीले एउटा फारम दिनेछन्।
लगानीकर्ता चाहे बराबरको सेयर किन्न पुग्ने पैसा खातामा हुनु पर्छ। लगानीकर्ताले फारममा आवश्यक विवरण भरेपछि वित्तीय संस्थाका कर्मचारीलाई बुझाउनु पर्छ। यसबापत बैंकले १०० रुपैयाँ सेवा शुल्क लिन्छन्। बैंकले सेयर आवेदकबाट सेवा शुल्कबापत लिएको रकममध्येबाट १५ प्रतिशत निष्कासन तथा बिक्री प्रबन्धकलाई र ३ प्रतिशत धितोपत्र बोर्डलाई बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनुपर्ने प्रावधान छ।
आस्बा अनुसार सेयर भर्दा लगानीकर्ताले चेक पनि काट्नु पर्दैन। फोटो पनि टाँस्नु पर्दैन। फारम भर्दा नागरिकता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। नागरिकताको फोटोकपी बुझाउनु पर्दैन।
फरवार्डले ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६ लाख कित्तामध्ये ३०– ३० हजार कित्ता आफ्ना कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएको छ। बाँकी रहेको ५ लाख ४० हजार कित्ता सेयरमात्र सर्वसाधारणलाई बाँडिनेछ।
सर्वसाधारणले कम्तीमा ५० र बढीमा ३ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सेयर आवेदन माघ १२ गतेसम्म बुझाउन पाइन्छ।
३४ बैंकमा आस्बा
धितोपत्र बोर्डले ३४ वटा बैंक तथा वित्तीय संस्थालाई आस्बा प्रणाली लागू गर्न अनुमति दिएको छ। बोर्डले स्वीकृति दिएका ३४ बैंक तथा वित्तीय संस्थाले आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्न पाउने छन्। लगानीकर्ताले ७३ जिल्लामा रहेका १ हजार ७ सय ६१ शाखाबाट आवेदन गर्न सक्ने छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत