रोमाञ्चक मोडमा दोस्रो टेस्ट

आइतबार, ०९ माघ २०७३, ०९ : १७ नागरिक

क्राइसचर्च- शाकिब अल हसनले अन्तिम सेसनमा ३ विकेट लिएपछि बंगलादेश र  न्युजिल्यान्डबीचको दोस्रो टेस्ट रोमाञ्चक बनेको छ। बंगलादेशले पहिलो इनिङमा २ सय ८९ रन बनाएको थियो। त्यसपछि ब्याटिङ थालेको घरेलु टोली २५२–४ को सहज स्थितिमा थियो। तर शाकिबले ३ विकेट लिएपछि दोस्रो दिनको समाप्तीमा न्युजिल्यान्ड २६०–७ को स्थितिमा छ। वर्षाले अवरोध गरेपछि दोस्रो दिनको खेल निर्धारित समयभन्दा ४० मिनेटअघि सकिएको थियो।

हेनरी निकोलस ५६ र टिम साउथी ४ रन बनाएर क्रिजमा छन्। ९६ बल खेलेका निकोलसले ६ चौका प्रहार गरे।

‘जतिसक्दो धेरै रन जोडेर सहज स्थितिमा पुग्यौं भने हामी राम्रो बलिङ गर्दै उनीहरूलाई दबाबमा राख्न सक्छौं,’ न्युजिल्यान्डका ओपनर टम लाथमले भने।

रोस टेलर र लाथमले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि न्युजिल्यान्ड पहिलो इनिङमा अग्रता लिन सफल भएको थियो। तर शाकिबले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेका छन्।

१ सय ३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका टेलर मेहदी हसनको बलमा तैजुल इस्लामको हातबाट क्याच भएका थिए। पहिलो टेस्टमा १ सय ७७ रन जोडेका लाथम तस्किन अहमदको बलमा विकेटकिपर नुरुल हसनको हातबाट क्याच भए। उनले १ सय ७७ बलमा ११ चौकासहित ६८ रन बनाए।

पूर्व खेलाडी मार्टिन क्रोको १७ टेस्ट शतकको कीर्तिमान बराबरी गर्न १ शतक पछि रहेका टेलर केन विलियम्सन सस्तोमा पवेलियन फर्केपछि ४७–२ को स्थितिमा ब्याटिङ गर्न आएका थिए।

१ सय ६० मिनेट ब्याटिङ गरेका टेलरले ७५ रनमा जीवनदान पाए पनि क्रोको कीर्तिमान बराबरी गर्न २३ रनले चुके।

कमरुल इस्लामले ३ बलको अन्तरमा न्युजिल्यान्डका ओपनर जित साभल (१६) र कप्तान विलियम्सन (२)लाई पवेलियनको बाटो देखाए। निकोलस र मिचेल सान्टनरले पाँऔं विकेटका लागि ७५ रनको साझेदारी गर्दै बंगलादेशका बलरलाई दबाबमा राखेका थिए।

२९ रन जोडेका सान्टनरलाई शाकिबले एलबिडब्लुको शिकार बनाएका थिए। शाकिबले बिजे वाट्लिङलाई १  र कोलिन डी ग्रान्डहोमलाई शून्य रनमा बोल्ड गरेका थिए ।

शाकिबले ३२ रन दिएर ३ विकेट लिए भने कमरुल इस्लामले ४८ रन दिएर २ विकेट लिए। ६४ रन खचर्ेेका तस्किनको नाममा १ विकेट रह्यो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad