‘नेपालको पानी, जनताको लगानी’

जलविद्युत अायाेजनामा २ अर्ब ४३ करोड लगानी प्रतिबद्धता

शनिबार, ०८ माघ २०७३, १६ : ४२ नागरिक

काठमाडौं– ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

जलविद्युतसँग सम्बन्धित आयोजनाहरुमा लगानी गर्न चाहने शेयर लगानीकर्ताले अनलाइनबाटै फारम भरेर शेयर लगानी प्रतिबद्धता जनाउन सक्नेगरी कम्पनीले पुस २५ गतेदेखि छुट्टै वेवसाइट सुरु गरेको थियो। उक्त वेवसाइट एक कार्यक्रमका बीच ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेका थिए।

वेवसाइट सुरु गरेको १३ दिन(माघ ८ सम्म)मै कुल २ अर्ब ४३ करोड २९ लाख ४५ हजार ९ सय ४३ रुपैयाँबराबरको प्रारम्भिक लगानी प्रतिबद्धता आएको मन्त्रालयले जनाएको छ।

कुल २४ हजार २ सय ४९ व्यक्ति र २७ कम्पनीबाट गरी उक्त रकमबराबरको लगानी प्रतिबद्धता आएको मन्त्रालयले जानकारी दिएको हो। संस्थाहरूबाट ८ करेड ६१ लाख ७५ हजार रूपैयाँ र बाँकी व्यक्तिगत रूपमा प्रतिबद्धता आएको जनाएको छ।

जविद्युत् आयोजनाहरुलाई जनताको सहभागिता र समावेशी विकासको सिद्धान्तअनुसार स्वदेशी लगानीमै निर्माण गर्नका लागि कत्तिको प्रतिबद्धता आउने रहेछ भन्ने अनुमान गर्नका लागि पनि मन्त्रालयले अनलाइनमार्फत शेयर लगानी प्रतिबद्धता जनाउन सक्ने व्यवस्था गरेको थियो। मन्त्रालयकाे उक्त कार्यक्रममा देश तथा विदेशमा रहेका नेपालीले अनलार्इन फारम भरेर शेयर लगानीकाे प्रतिबद्धता जनाइरहेका छन्।

प्रतिबद्धता गरिएको शेयर लगानीलाई विद्युत उत्पादन कम्पनी तथा अन्य सरकारी उत्पादक संस्थाहरुले अघि बढाउने आयोजनामा लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता गोकर्णराज पन्थले बताए।

मन्त्रालयले हाल नलसिङगाड, माथिल्लो अरुण, सुनकोशी–३ जस्ता जलाशययुक्त आयोजनाहरुमा लगानी गर्ने मन्त्रालयले जनाएको छ।

‘लगानी प्राप्त हुने निश्चिततापछि कुनै राम्रो आयोजना छनोट गरेर अघि बढाउने विषयमा निर्णय हुन सक्छ,’ पन्थले भने।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad