८ वैशाख २०८१ शनिबार
अर्थ

धरान सडक उत्सव शुरु

धरान सडक उत्सवको उद्घाटन गर्दै पर्यटन बोर्डका सिइओ दिपक जोशी(बाँया)लगायत ।

धरान–‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ तीन दिने १३ आंै धरान सडक उत्सव २०७३ शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित उत्सवको एक समारोहबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दिपक जोशीले गरेका थिए ।

होटल एशोसिएशन अफ धरान आयोजक रहेको उत्सवस्थल धरान १२ स्थित चतरालाइन रहेको छ। उत्सवमा खाना, सामाजिक संघसंस्था, पर्यटन सम्बद्ध संस्था, उद्योग व्यावसाय, स्वास्थ्य, शैक्षिकलगायत विभिनन ९० वटा स्टलहरु रहेका छन् । उत्सव अवधिभर धरानका होटल व्यावसायीहरुले पर्यटकहरुलाई खानाको आइटममा २० प्रतिशत छुट दिएका छन् भने बास बस्दा लजमा १५ प्रतिशतको छुटको पनि घोषणा गरको छन्। यस्तै, प्याराग्लाइडिङ, र्याफ्टिङ, जंगल सफारीलगायत टुर प्याकेजमा टुर अपरेटरहरुले बिशेष छुट पनि उपलब्ध गराएका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन बोर्डका सिइओ जोशीले उत्सव जस्ता गतिविधिहरुले पर्यटन प्रर्वद्धन एवं विकासमा महत्वपुर्ण भूमिका खेल्ने बताए । निजी क्षेत्रले नेतृत्व लिए पर्यटनले चाडै फड्को मार्ने जनाउदै उनले सरकारी निकायहरुको सधै सपोर्ट रहने बताए । यस्तै, विराट क्षेत्र पर्यटन विकास समितिका सदस्य रविन गौतमले स्टार होटलहरु मात्र पर्यटन व्यावसायी हो भन्ने सरकारको गलत धारणा हटाउन आग्रह गरे भने सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले सरकारले सहयोग गरेमा पुर्वेलीहरु आफै पर्यटन विकासमा सक्षम रहेको बताए ।

उद्घाटन समारोहलाई सुनसरी उवा संघका अध्यक्ष राजेन्द्र शाह, कांग्रेस सभापति तिलक राई, एमाले क्षेत्र नं १ का सचिव रेवतीरमण राई, पर्यटनविज्ञ कृष्ण शाह, दमक होटल एशोसिएशनका अध्यक्ष राजन दंगाललगायतले सम्बोधन गरेका थिए । सोही अवसरमा एशोसिएशनका भुतपूर्वअध्यक्ष शिवराज श्रेष्ठलाई सम्मान गरिएको थियो । उनी २०५८ देखि ६० सम्म एशोसिएशनका अध्यक्ष थिए । यस्तै, पत्रकारिताको माध्यमबाट पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै एशोसिएशनले नगद ५ हजार ५ सयसहित न्युज २४ टिभीका ब्युरो चिफ सन्तोष काफ्लेलाई पनि सम्मान गरेको थियो । सम्मानित दुवैलाई एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठ र प्रमुख अतिथि जोशीले सम्मान पत्र र दोसल्ला ओढाएका थिए ।

उत्सवको अवसरमा शनिबार पब्लिक उच्चमाविको मैदानमा साइक्लिङ प्रतियोगिता पनि आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा एलिटतर्फ किरण राई, अभिषेक राई र शुभ राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए भने महिलातर्फ केट पार्किङ पहिलो र ममता राई दोस्रो भएकी थिइन् । यसैगरी, जुनियरतर्फ दिपक जिमी, अर्पण गुरुङ र सन्देश गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो स्थान हुने खेलाडीहरुलाई पनि उद्घाटन समारोहमा नै क्रमशः नगद ३ हजार, २ हजार र एक हजारसहित प्रमाणपत्र दिइएको थियो । तीन दिने उत्सव अवधिमा एक करोड बढीको कारोबार हुने आयोजकको अपेक्षा छ भने डेढ लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु सहभागी हुने अनुमान गरेको छ ।

प्रकाशित: ८ माघ २०७३ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App