७ वैशाख २०८१ शुक्रबार
समाज

पल्टेको ट्याक्टरले किच्दा बालिकाको मृत्यु, दुई गम्भीर घाईते

खोटाङ–ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ । दुई गम्भीर घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट ढुंगा लिएर मेघेचौतारा पुगेको ना ४ त ५३६७ नम्बरको ट्याक्टरले किच्दा दिक्तेल नगरपालिका–११ की ८ वर्षीया आशा तामाङको मृत्यु भएको हो ।

मेघेचौतारामा ढुंगा थुपारेर फर्कन लाग्दा घुम्नेक्रममा पल्टिएको ट्याक्टरले किच्दा बालिकाको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए ।

डिल काटेर सडकमुनि झरेको ट्याक्टरले किच्दा ढाई वर्षका आशिष तामाङको दाहिने हातमा गहिरो चोट लागेको छ । सडकको डिलमुनि करिब १० मिटर तल रहेको अवस्थामा उनीहरुलाई ट्याक्टरले किचेको हो । घट्नामा ट्याक्टरका सह–चालक च्यास्मीटारका ३२ वर्षीय दिनेश राईको करङ भाँचिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ माघ २०७३ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App