coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

पहिरोको जोखिममा परेको गाउँ। तस्बिरः नरहरी सापकोटा

गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो। 

केरौजा–३ देखि गाउँ जानेबाटो बनाउँदै गर्दा पहिरो खसेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए। पहिरोमा तीनजना गम्भीर घाईते भएका छन्। अन्य चार जना भने समान्य रहेको प्रहरीले जनाएको छ। केरौँजा–४  का ४० बर्षीय टुङ्गे गुरुङ सोही ठाउँका बर्ष ४० का उकाल गुरुङ र बर्ष १२ का सुकराम घले पहिरोमा परी घाईते भएका हुन्। उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरले उपचारको लागि काठमाण्डौं लगिएको घटनास्थलमा रहेका दिपक गुरुङले नागरिकन्युजसँग टेलिफोनमा बताए। पहिरोमा पुरिएकाहरुको स्थानीय र प्रहरीले उद्धार गरेका हुन्। 

केरौँजा सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिम छ। गएरातीदेखि परेको पानीले पहिरो जानेक्रम नरोकिएको स्थानीय काजि गुरुङले बताए। केरौँजाका बिभिन्न ठाउँमा पहिरो खसेको छ। केरौँजा गाउँमै पहिरोको खतरा भएपछि दुईसय भन्दाबढि घरधुरीले केहीदिन अघि घर छाडेर नयाँ ठाउँमा टहरा बनाउन थालेका थिए। दिनदिनै बर्षात भईरहेकाले अझै खतारा बढि रहेको भन्दै स्थानीय त्रसित छन्।
 

प्रकाशित: २१ असार २०७३ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App