coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए। 'राष्ट्रिय स्वाधिनता र अखण्तामा प्रहार गर्नेलाई कुनै कारबाही गरिएको छैन', उनले भने, 'सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा समेत सरकार चुप लागेको छ।' नेपालको कानुन र कुटनीतिक मर्यादा विपरितका काम  भइरहेको उनले बताए। सुन तस्करीको विषयलाई जोड्दै उनले तस्करिलाई बढावा दिइएको उनको आरोप लगाए।

स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन नमान्ने कुरा मधेसी मोर्चाबाट मात्र नभइ नेपाली कांग्रेसकै सभापतिद्वारा पनि यसो भनेको भन्ने सुन्न पाइएको छ यो के हो? भन्दै प्रश्न गरे।

निर्वाचन सम्वन्धी आवश्यक कानुनका मस्यौदा अहिले सम्म संसदमा नल्याइएको भन्दै रावलले आक्रोस व्यक्त गरे।  'निर्वाचनको मिति तय गर्न कसले रोक्यो?' प्रश्न गर्दै उनले भने,  'विपक्षीले रोक्यो कि यो संसद भन्दा बाहिर रहेको कसैले रोक्यो कि अदृष्य शक्तिले रोक्यो?' संशोधन प्रस्ताव टेवल गरेपछि निर्वाचनमा जाने भन्ने मधेसी मोर्चाका नेताहरुले अहिले परिमार्जनको कुरा गर्नु रहस्यमयी भएको बताए।

अन्तराष्ट्रिय विमानस्थलमा हवाई मार्शल राख्न सरकार अग्रसर भएको भन्दै उनले देशभक्तहरुले नेपालमा हवाई मार्शल राख्ने कुराको विरोध गर्दै आइरहेको बताए।

नेपाल चीन संयुक्त सैन्य अभ्यास बारे परराष्ट्रमन्त्रीले किन  गर्ने भन्दै बोलेको उनले यो कुटनीतिक मर्यादा विपरित भएको बताए। मंगोलिया र चीनबीच समस्या आउँदा चीनलाई चिढाउने गरी काम गर्नु गलत भएको बताए। प्रवुद्ध समूहलाई काम गर्न रोकेको, आर्ट काउन्सिल बबर महलमा ताइवानको भण्डा राखिएको विषयमा उनले आपत्ति जनाए।

प्रकाशित: ७ माघ २०७३ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App