८ वैशाख २०८१ शनिबार
राजनीति

'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'


काठमाडाैं– प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा–बर्दिबास खण्डको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

‘तपाईंहरुको ज्ञापन पत्र हेरें, यसभन्दा अघि पनि यस्तै ज्ञापन पत्र मेराे हातमा परेको छ,’ उनले भने, ‘रेलवे लाइन बिस्तार गर्दा साविकका बस्ति बिस्थापित हुने र मुआब्जा पनि बढी लाग्छ भने त्यसको बैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ। त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेलवे विभाग सँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ।’

भेटमा सर्वदलीय प्रतिनिधि मण्डलले जयनगर–जनकपुर, बिजुलपुरा–बर्दिबास खण्डको रेलवे लाइन साविककै स्थानबाट अगाडि बढ्दा ठूलो बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार पनि बढी पर्ने भएकाले बैकल्पिक मार्गको व्यवस्थाका लागि आवश्यक पहल गरी दिन अनुरोध गरेको थियो।

यी पनि

एक वर्षपछि नेपाललाई चाहिन्छ ५ ओटा रेल, सरकार अन्योलमा

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

'सिंगापुरको रेल नेपाल हुँदै युरोप जान सक्छ' (भिडियो)

प्रकाशित: ७ माघ २०७३ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App