coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शून्य समयमा कसैकाे प्रश्नै प्रश्न, कसैकाे नबोली विरोध

फाइल तस्बिरः व्यवस्थापिका संसद बैठक

काठमाडौंँ– व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिए।

केहीले प्रश्नैप्रश्नका साथ आफ्ना अभिव्यक्ति प्रस्तुत गरे। केहीले शून्य समय र विशेष समयमा बोलेका कुरा सम्बोधन नभएकाले एक मिनेटका लागि निर्धारित शून्य समयमा केही नबोली उभिएर साङ्केतिक विरोध गरे।

बाढीपहिरो, भूकम्पपीडितका समस्या तथा पुलपुलेसा, सिँचाइ नहर र कुलो, तटबन्ध निर्माण र तराई– मधेसका समस्या समाधानमा सबै पक्षको सहयोग अपरिहार्य हुने अभिमत उनीहरूले राखे।

शून्य समयमा स्थानीय समस्या समाधानका निम्ति सदन र सरकारको ध्यानाकर्षण गराउने रामचन्द्र पोखरेल, रामकृष्ण यादव, राजेश्वरी राई, रामनारायण बिंडारी, रामहरि सुवेदी र राधाकृष्ण पनेरु थिए।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर गोपाल दहितले सङ्घीय गठबन्धन लगायत मधेसका साना दलले उठाएका माग सम्बोधन गर्न सरकार, सदन र प्रमुख प्रतिपक्षी दल गम्भीर हुनुपर्ने बताउँदै नेपालको संविधानप्रति आफूहरूको असहमति दोहोर्याउँदै सदन बहिष्कारको घोषणा गरे।

सांसद दहितको घोषणासँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध सांसद बैठक कक्षबाट बाहिरिए। रासस

प्रकाशित: २१ असार २०७३ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App