चीन जोड्ने छोटो सडक ६ महिनामा पूरा हुने

शुक्रबार, ०७ माघ २०७३, १५ : ३० खगेन्द्र अधिकारी

ताप्लेजुङ-नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोलातर्फको २२ किलोमिटर खण्डमध्ये एक महिनामा साढे दुई किलोमिटर बाटो खनिएको छ ।

यहि रफ्तारमा काम भए अबको ६ महिना भित्रमा चीनको रिउब बजारबाट टीपतालापास हुँदै गोलासम्म सडक सञ्जाल जोडिने भएको छ । गोलाका बासिन्दा छेतेन पाञ्जु शेर्पाले बिहीबारसम्ममा २ हजार ६ सय मिटर (२.६ किमी) मोटरबाटो निमार्ण भईसकेको जानकारी दिए । उनकाअनुसार यसअघि स्थानीयले खनेको ६ सय मिटर भाग समेत यसैमा जोडिएको छ ।

आयोजना प्रमुख कुबेर नेपालीले यो मार्गको सडक निमार्णमा बजेट अभाव हुन नदिने गरी बजेट मागको प्रस्ताव गरिएको जानकारी दिए । नेपालीका अनुसार बहुबर्षीय ठेक्का प्रणाली मार्फत निमार्ण हुँदै आएको यो खण्डमा चालु कार्यका लागि ४ करोेड बढी रकम छ ।

चीनको स्वशासित क्षेत्र तीब्बतको तिङ काउन्टीको रिउ बजारका स्थानीयसँग भएका २ वटा डोजर र एउटा लोडरले लगातार काम गरिरहेको उनले जानकारी दिए । बीचको करिव एकसाता हिउँ र चिसोले निमार्ण कार्यमा असर गरेपनि त्यसयता निमार्ण कार्यमा समस्या नरहेको उनले बताए  ।

टीपताला–गोला सडक खण्ड गएको पुष ८ गते बाट खन्न थालिएको हो ।

यता, टीपताला–गोला सडक खण्डको कामले गति लिईरहँदा मुुलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजनाले पनि सुकेटारबाट गोलातर्फको निमार्णाधिन सडकलाई उच्च प्राथामिकतामा राखेर कार्य अघि बढाएको जनाएको छ ।

नेपालीका अनुसार निमार्णाधिन सडक खण्ड बाहेक तापेथोक–गोलाको बीचका केहि भागमा हेलिकप्टरमार्फत पनि निमार्ण उपकरण झारेर सडक निमार्णको प्रस्ताव गरिएको छ ।

आयोजना प्रमुख कुबेर नेपालीले यो मार्गको सडक निमार्णमा बजेट अभाव हुन नदिने गरी बजेट मागको प्रस्ताव गरिएको जानकारी दिए । नेपालीका अनुसार बहुबर्षीय ठेक्का प्रणाली मार्फत निमार्ण हुँदै आएको यो खण्डमा चालु कार्यका लागि ४ करोेड बढी रकम छ ।

नेपालीले नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्ग थयाशक्य चाँडो सञ्चालनमा ल्याउन आयोजनाले सडक बिभागसँग थप ६० करोड रकम माग गरेको जानकारी दिए ।
उनले आयोजनाबाट पेश भएको माग प्रस्ताव बिभागले मन्त्रालयमा पठाई सकेको जानकारी आफूले पाएको बताए । चालु ४ करोड बजेटले यसबर्ष थिवाबाट तापेथोक आसपास सम्म सडक सञ्जाल जोड्ने आयोजनाले लक्ष्य लिएको छ । यो प्रयासस्वरुप शुक्रबारबाट बिस्फोटक पर्दाथ (ब्लास्टिङ)को प्रयोग गरी थिवा–छिरुवा सडक खण्डमा ढुङगा फुटाउने कार्य सुरु भएको उनले जानकारी दिए ।

नेपालीका अनुसार निमार्णाधिन सडक खण्ड बाहेक तापेथोक–गोलाको बीचका केहि भागमा हेलिकप्टरमार्फत पनि निमार्ण उपकरण झारेर सडक निमार्णको प्रस्ताव गरिएको छ ।
‘प्रस्ताव पास भएर माग अनुसार रकम आए यो बिषय साह्रै नौलो र कठिन बिषय होईन’ नेपालीले भने । उनले टीपतालापासबाट गोलासम्मको सडकले पाईरहेको गति जस्तै थिवा–गोला सम्मको सडक निमार्ण कार्यलाई तीव्रता दिने तयारीमा आयोजना रहेको बताए ।

शुक्रबारबाट बिस्फोटक पर्दाथ (ब्लास्टिङ)को प्रयोग गरी थिवा–छिरुवा सडक खण्डमा ढुङगा फुटाउने कार्य सुरु ।

टीपतालापासलाई नेपाल र चीन जोड्ने सबैभन्दा छोटोे मार्गको रुपमा हेरिएको छ । चीनको स्वशासित क्षेत्र तीब्बतले रिउ बजारबाट टीपतालापास सम्मको ८ किलोमिटर दुरीलाई गएको मंसिर महिनामै सडक सञ्जालमा जोडिसकेको छ । अब टीपतालापासबाट ओलाङचुङगोलासम्मको २२ किलोमिटर दुरी र थिवाबाट गोलासम्मको ३८ किलोमिटर दुरी सडक सञ्जालमा जोडिए चीनसँग नेपालकै सबैभन्दा छोटो सडक मार्ग स्थापित हुनेछ ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad