८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाल लगानी भित्र्याउन क्यानडामा सम्मेलन

क्यानडा—नेपाल लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।

हाइड्रो, पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानीका लागि सम्मेलन केन्द्रित हुने आयोजकले बताएका छन्।

सम्मेलनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्य तथा एनआरएनए अमेरिकाका डा.केशव पौडेलले सहभागिता जनाउँदैछन्।

'छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त रुपमा लगानी नेपाल लैजाने प्रयासस्वरुप सम्मेलन आयोजना गर्न लागिएको हो', आयोजकमध्येका एक सुमन लम्सालले नागरिकन्युजसँग भने, 'सम्मेलनमा ४ सय जति सहभागी हुने हाम्रो अपेक्षा छ।'

सम्मेलनमा क्यानडाका अतिरिक्त अमेरिकाबाट पनि सहभागिता हुनेछ।

एनआरएनए क्यानडाका तुला भट्टचन संयोजक रहेको सम्मेलनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्य तथा एनआरएनए अमेरिकाका डा.केशव पौडेलले सहभागिता जनाउँदैछन्।

वक्ताहरुले क्षेत्रगत रुपमा लगानीको सम्भावनाबारे प्रवचन सहितको कार्यक्रमको डिजाइन गरिएको छ। सहभागीले आफूलाई लागेको विचार समेत प्रस्तुत गर्न समय दिइने बताइएको छ।

प्रकाशित: ७ माघ २०७३ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App