७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

चितवन- संसदको मुख्य दल नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा चयन भएको छैटौं महिना पूरा हुँदैछ। नौं महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुरुप प्रधानमन्त्री भएका दाहालको भविष्य त्यसपछि के हुन्छ? प्रधानमन्त्री बन्ने प्रतिक्षामा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रश्नमा खासै खुलेर बोल्न चाहेनन्।

नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवालाई पत्रकारहरुले पटकपटक यही कुरा दोहर्‍याएपछि उनले केही झिझो माने झैँ गरेर भने, 'त्यो कुरा छाड्नुस, अरु कुरा केही छ भने भन्नुस्। यो प्रशंगमा धेरै कुरा किन चाहियो अहिले।'

आउँदो माघ सात गतेभित्रै स्थानीय, प्रदेश र केन्द्रीय संसदको निर्वाचन हुनुपर्ने आफ्नो मत रहेको उनले बताए। 'यो भयो भने मात्रै संविधानको कार्यन्वयन भएको देखिनेछ। हामीले पाएका उपलब्धिहरु बलियोसँग संस्थागत हुनेछन्। सबैले त्यतै ध्यान दिउँ,' देउवाले अपिल गरे।

निर्वाचनसम्बन्धी विधेयकहरु पारित भएलगत्तै निर्वाचन मिति घोषणा हुने उनले बताए। यसअघि बिहीबार दिउँसो चितवनको जगतपुरमा आयोजित आमसभामा बोल्दै उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा पुनरावलोकन हुनुपर्ने बताए।

'आयोगको प्रतिवेदन उपर ठाउँ ठाउँबाट विरोध आएको छ। त्यो पुनरावलोकन हुनुपर्छ। त्यसो गरिएन भने स्थानीय चुनाव हुँदा अशान्ति बढ्नसक्ने खतरा रहन्छ,' नेता देउवाले भने। असन्तोष आएका ठाउँहरुका विषयमा बिचार गर्नु पर्ने आफ्नो धारणा रहेको उनले बताए।

प्रकाशित: ७ माघ २०७३ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App