८ वैशाख २०८१ शनिबार
समाज

डा.मकाजु दोस्रो पटक केयु उपकूलपति

डा.रामकण्ठ मकाजु श्रेष्ठ

काठमाडौं— काठमाडौं विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले डा.रामकण्ठ मकाजुलाई उपकुलपतिमा नियुक्त गरेका छन्।

'प्रधानमन्त्री कार्यालयबाट बोलावट भएपछि उहाँ चिठी बुझ्न जानु भएको छ', धुलिखेल अस्पतालका प्रबन्ध निर्देशक डा.राजेन्द्र कोजुले नागरिकन्युजसँग भने, 'विगत चार वर्षमा उहाँले राम्रो काम गर्नु भएकैले सरकारले दोस्रो कार्यकालका लागि नियुक्ति गरेको हो।'

बाबुराम भट्टराई सरकारले पहिलो पटक उपकूलपति नियुक्त गरेका डा.मकाजुको कार्यकाल गत मंसिर २६ मा सकिएको थियो। त्यसयता विश्वविद्यालय उपकुलपतिबिहीन बनेको थियो। उनको कार्यकाल ४ वर्षको हुनेछ।

प्रकाशित: ७ माघ २०७३ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App