ऋचासँग क्यारेक्टरका कुरा- 'फुलीलाई धेरैले रुचाए'

मङ्गलबार, २१ बैशाख २०७३, ०८ : ३२ नागरिक

नीतु
मेरो डेब्यु फिल्म 'फस्ट लभ'मा मैले निर्वाह गरेको चरित्र हो यो। फिल्ममा म बार डान्सरको भूमिकामा थिएँ। लभर गर्ल पनि थिएँ। एकसाथ फिल्ममा दुईखाले चरित्र देखाउनु थियो। पहिलो फिल्म भएकाले मेरा लागि दुवै चरित्र निर्वाह गर्नु चुनौतीपूर्ण थियो। नीतु बन्नका लागि पोखरामा फिल्म सुटिङ हुनुअघि त्यहाँका बार डान्सरहरूसँग घुलमिल गरेकी थिएँ। उहाँहरूको हाउभाउ नियालेकी थिएँ। पछि दर्शकले पनि रुचाइदिनुभयो। 

सीमा

सिरियल 'हाम्रो टिम'को यो क्यारेक्टर मलाई प्रिय लाग्छ। म सिरियलमा फुटबल कोचको भूमिकामा थिएँ। १७ जना केटाहरूलाई म फुटबल सिकाउँथेँ। यस चरित्रका लागि मैले ४० दिन फुटबल सिकेकी थिएँ। म महिला भए पनि यो चरित्र पुरुषले निर्वाह गर्ने खालको थियो। सबै केटैकेटा भएको ठाउँमा म एउटी केटी थिएँ। त्यसैले सिरियलको सुटिङ सकिँदासम्म त म आफैँ पनि केटाजस्तो भइसकेको थिएँ। मेरो जीवनमा एउटा भिन्न खालको चरित्र थियो यो।

आयुषा

फिल्म 'लुट'मा मैले निर्वाह गरेको चरित्र हो यो। फिल्ममा म तीनचार सिनमा मात्र देखिएकी छु। लभर गर्लको भूमिकामा छु। तर, पनि दर्शकमाझ मलाई चिनाउन सहयोग गर्योफ यस चरित्रले। यो फिल्मपछि धेरैले मलाई 'लुटको हिरोइन' भनेर चिन्नुभयो। मेरो करिअरलाई सपोर्ट गरेको चरित्र हो आयुषा।

स्तुति

फिल्म 'भिसा गर्ल'को यो चरित्र गर्दा मलाई एकदमै रमाइलो लागेको थियो। फिल्ममा म प्रोटागोनिस्ट भूमिकामा थिएँ। स्तुति मेरो जीवनसँग नजिक रहेको चरित्र हो। फिल्म गदैगर्दा स्तुति मै हुँ जस्तो लागेको थियो। किनकि, स्तुति सामाजिक सेवामा विश्वास गर्थी, स–सानो कुुरामा खुशी हुन्थी जुन मेरो वास्तविक चरित्र हो।

फुली

मलाई सबैभन्दा चर्चा दिलाउने चरित्र हो 'फुली'। फिल्म 'टलकजंग भर्सेस टुल्के'को यो चरित्रबाट मैले राष्ट्रिय चलचित्र अवार्ड पनि पाएँ। मैले पहिलोपल्ट अडिसन दिएर पाएको चरित्र पनि हो। थुप्रै अभिनेत्रीसँग प्रतिस्पर्धा गरेर पाएकी थिएँ। त्यही भएर पनि सम्भि्करहन्छु। फिल्ममा मैले पश्चिमेली थारु युवतीको भूमिका निर्वाह गरेकी छु। त्यहाँको लवजमा बोल्नु एकदमै चुनौती थियो। सुटिङ सुरु हुनअघि मैले बाग्लुङका मानिसहरूसँग भेटघाट गरेकी थिएँ। उहाँहरूलाई डायलग बोल्न लगाएर मोबाइलमा क्याप्चर गरेकी थिएँ। त्यही भएर सबैभन्दा बढी राम्रो प्रतिक्रिया दिलाउने चरित्र बन्यो यो। अझै पनि प्रायः कार्यक्रममा पुग्दा मलाई फुलीको डायलग बोल्न लगाउँछन्। अनि, म पश्चिमेली लवजमा भनिदिन्छु– 'त्यत्रा मन्छेको अगाडि मसँग बिहे गर्छु भन्न सर्म लागेन तलार्इं?'।

कबिनकी आमा

फिल्म 'को आफ्नो'को यो चरित्र मसँग नजिक रहेको चरित्र हो। मैले आफ्नै गाउँठाउँमा देखिरहेको चरित्र हो। फिल्म नचले पनि यो चरित्र मेरा लागि खास थियो। यो चरित्रले मलाई ट्रेलरबाटै चर्चा दिलाइदियो। पहिलोपल्ट यस्तो खालको चरित्र गरेकी थिएँ। धेरैले 'हिरोइन भएर यस्तो बुढीको भूमिका किन गरेको?' पनि भने। तर, कलाकारका रूपमा मैले यस्तो चरित्र निर्वाह गर्न पाउनु र सक्नु सौभाग्यको कुरा हो। आफूभन्दा तेब्बर जेठो भूमिका निर्वाह गरेकी थिएँ। सबैभन्दा बढी दुःख लुक्स बनाउनुमा थियो। नक्कली दाँत हाल्दा दुख्थ्यो। ओठ सुन्याइएको थियो। अनुहारभरि खत बसाइएको थियो।

राज्यलक्ष्मी शाह

यही शुक्रवारबाट रिलिज हुने फिल्म 'जंगे'को क्यारेक्टर हो यो। फिल्ममा म सौतेनी आमाको भूमिकामा छु। मैले पहिलोपल्ट यस्तो नेगेटिभ क्यारेक्टर गरेकी हुँ। पहिलोपल्ट यसरी खुलेको ग्लयामरस र बोल्ड क्यारेक्टर निर्वाह गरेकी हुँ। भिन्न खालको प्रिय लाग्ने चरित्र हो यो मेरा लागि। 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad