६ वैशाख २०८१ बिहीबार
समाज

मदन पुरस्कारका लागि अन्तिम ७ पुस्तक छनाैट, फिरफिरेदेखि निर्वाणसम्म प्रतिस्पर्धामा

काठमाडौं— मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूचि सार्वजनिक गरेको छ। गुठी सचिव कुन्द दीक्षितका अनुसार प्राप्त पुस्तकहरुमध्ये शीर्ष ७ पुस्तकको नाम सार्वजनिक गरिएको हो।

अहिले छानिएका ७ पुस्तकमध्येबाट मदन पुरस्कार दिइने उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'यिनै पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७२ सालको मदन पुरस्कार प्रदान गरिनेछ', विज्ञप्तिमा भनिएको छ।

अकरादि क्रमअनुसार छानिएका ७ पुस्तकहरु निम्नअनुसार रहेका छन्।

१. आमोई : भुवनहरी सिग्देल

२. ऐना : रामलाल जोशी

३. चीरहरण : नीलम कार्की निहारिका

४. निर्वाण : घनश्याम खड्का

५. प्रश्नहरूको कारखाना : सरिता तिवारी

६. फिरफिरे : बुद्धिसागर

७. सिमानाका रङ्ग सिमानाका तरङ्ग : दामोदर पुडासैनी ‘किशोर’

प्रकाशित: २१ असार २०७३ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App