८ वैशाख २०८१ शनिबार
राजनीति

न्यायाधीश नियुक्तिमा कारण देखाऊ

काठमाडौँ-सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराए ।

मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराएका थिए । परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । रासस

प्रकाशित: ६ माघ २०७३ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App