७ वैशाख २०८१ शुक्रबार
समाज

सेता कुखुराका २ हजार प्रतिबन्धित चल्ला बरामद गरी नष्ट

सशस्त्र वेस क्याम्प सरमुजवाले पक्राउ गरेको सेतो कुखुराको चल्ला एक समारोह बीच नष्ट गर्दै। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटको विभिन्न सीमावर्ती नाकाहरुबाट प्रतिबन्धित भारतीय सेता कुखुरा र चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको पाइएको छ। बिहीबार कुखुरा तस्करहरुले सीमावर्ती भारतको घोडासहान बजारवाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब साढे दुई हजार प्रतिबन्धित सेता कुखुराको चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेपछि तस्करीको रहस्य सार्वजनिक भएको हो।

जिल्लाको पश्चिमी दक्षिणी भेगमा पर्ने नरकटिया नाका हुँदै भारतीय सेता कुखुराको चल्ला नेपालतर्फ ल्याउँदै गरेको विषेश सूचनाको अधारमा बिओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक संजय अधिकारीको कमाण्डमा खटिएको टोलिलाई तस्करहरुले देख्ने वितिकै छोडेर भागेपछि सशस्त्र प्रहरीले तीनवटा साइकलमा २४ कार्टुन (करिब साढे दुई हजार) सेतो कुखुराका चल्ला नियन्त्रणमा लिन सफल भएको हो।

विभिन्न चाडपर्वहरु नजिकिँदै जाँदा सीमा वारीपारीको अवैध कारोवारी डिउटीमा रहेका सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो समयमा आफनो कालो कारोवारलाई निवरन्तरता दिदै आएको व्यापक रुपमा जनगुनासो बढ्दै गएपछि सीमा क्षेत्रमा सुरक्षा अधिकृतहरुले निगरानी बढाएको दिन नै सेतो अण्डा तथा चल्ला बरामद गरिनाले रौतहटमा सिमापारबाट भईरहेको कालो व्यापारको पोल खुलेको छ। नेपाल प्रहरीले हिजो मात्रै ४ कार्टुन सेतो अण्डा र केही कुखुरा नष्ट गरे लगतै सशस्त्र प्रहरीले चल्ला बरामद गरेको बुझिएको छ।

नेपालमा चल्लाहरु महगो भए पनि कमसल तथा गुणस्तरहीन चल्लाहरु भारतबाट ल्याएका कारण नेपाली पोल्ट्री व्यवसाय धारासायी हुँदै गएको गुनासो कुखुरा व्यसायी संघका कोषाध्यक्ष राकेश जयसवालले गरे।

पछिल्लो केही महिना यता जिल्लाको विभिन्न नाकाहरु भएर तयारी सेतो कुखुरा र चल्लाको तस्करी भइरहेको विषयमा मध्यमाञ्चल क्षेत्रिय प्रहरी कार्यालयमा समेत स्थानीयले फोन मार्फत खबर गर्न थालेपछि क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआइजी पशुपति उपाध्यायको निर्देशनमा असोज २१ गते हजारौ कुखुराको चल्लासहित १४ भारतीय र तीन नेपाली गरी १७ जना तस्कर पक्राउ परेको थियो । ठूलो परिमाणमा चल्ला र तस्कर पक्राउ परेपछि लामो समयदेखि रोकिएको कुखुरा र चल्ला तस्करीको लाइन फेरी सुचारु भएको  छ।  

स्थानीय सीमावर्ति भारतीय बजारका तस्करहरुले रौतहटको औरैया, जयनगर, वंकुल, मठिया वन्जरहालगायतका नाकाबाट रातको समयमा व्यापक रुपमा भारतीय चल्ला नेपाली वजारका तस्करी भइरहेको स्थानीयले बताए । सर्वसाधारणमा कुखुराबाट हुने बर्डफलु रोगको जनचेतनाको कमीले गर्दा कखुरा तस्करी नरोकिएको जिल्ला पशु कार्यालयका अधिकृत दिनानाथ यादवले बताए।

नेपाली वजारमा मँगो मुल्यमा कुखुराको चल्ला पाउने भएकोले तस्करहरु सस्तोमा पाउने सिमवर्ती बजारबाट खरिद गरेर प्रति गोटा पचास रुपैयाका दरले कमाउने भएकोले यसको तस्करीमा वृद्धि भएको छ ।,

रौतहट जिल्ला भरिमा पशु कार्यालयमा १५३वटा पोल्ट्री फर्म मात्र दर्ता रहेको तर तिन सयभन्दा वढि संचालनमा रहेको पशु कार्यालयका प्रमुख यादवले बताए ।


 

प्रकाशित: ६ माघ २०७३ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App