८ वैशाख २०८१ शनिबार
समाज

नगरवासी भन्छन् - ‘प्रहरी मेरो साथी’ भएन

बनियानी (झापा)-झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा स्थानीयवासी खड्ग लिम्बूले प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको बताए। प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उनको आरोप छ ।

त्यस्तै, अर्का स्थानीयवासी हेमलाल भट्टराईले सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गरे। उनले सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो गरे। नगरवासी हजरत अलीले बजार क्षेत्रमा मात्र प्रहरी बढी केन्द्रित हुने गरेकाले नगरको अन्य क्षेत्रमा सुरक्षामा चुनौती थपिएको बताए।

प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने प्रहरी निरीक्षक कुलप्रसाद चौधरी बताए। कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उनले आश्वासनसमेत दिए।

भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको बताउँदै दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उनले बताए। एकजना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको प्रनि चौधरीले जानकारी दिए।  कार्यालय भवन अभावले प्रहरी नपठाउँदा बृहत् नगरको सुरक्षामा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ । रासस

प्रकाशित: ६ माघ २०७३ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App