coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिदेशीय सहकार्यमा जोड

काठमाडौं- नेपाल–भारत–चीन त्रिदेशीय साझेदारीमा जोड दिँदै नेपाल–चीन थिंक ट्यांकको पहिलो सम्मेलन बुधबार सम्पन्न भएको छ। सिन्ह्वा न्युज एजेन्सीको काठमाडौं ब्युरो र चीनकै हेबेई विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताले त्रिदेशीय साझेदारी कायम हुन त्यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसिया महत्वपूर्ण परिवर्तनबाट दसौं लाख व्यक्तिलाई गरिबी मुक्त गर्न सकिने बताए।

दुईदिने सम्मेलनमा चीनका विभिन्न विश्वविद्यालय तथा संस्थाबाट आएका विज्ञले १० वटा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा दक्षिण एसियाली देश र चीनबीचको सम्बन्धमा नेपाल मात्रै उपयुक्त स्थान भएकोमा जोड दिइएको छ। कार्यक्रममा नेपाल–भारत–चीन आर्थिक तथा सांस्कृतिक कोरिडर र चीनले अघि सारेको 'वान वेल्ट वान रोड' बारे कार्यपत्र प्रस्तुत भएका थिए।

चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत दक्षिण एसिया अध्ययन इन्स्टिच्युटकी उपकार्यकारी निर्देशक लि तावले 'वान बेल्ट वान रोड' अवधारणामा नेपाल–चीन सम्बन्धबारे कार्यक्रम प्रस्तुत गर्दै दक्षिण एसियाका चीनसँग सीमा जोडिएका पाँच देशमध्ये नेपाल नै दक्षिण एसियामा उपयुक्त भएको बताइन्।

तिब्बत र सिन्जियाङसँग जोडिने दक्षिण एसियाका देशमध्ये अफगानिस्तान र पाकिस्तानको भौगोलिक अवस्थिति निकै कठिन रहेको, भारतसँग सीमा विवाद रहेको र भुटानसँग चीनको कूटनीतिक सम्बन्ध छैन। 'तिब्बत र दक्षिण एसिया जोड्ने ३ सय १२ वटा भन्ज्याङमध्ये नेपालमा १ सय ७८ वटा छन्,' लिले भनिन्।

उनले नेपाल चीनबीचको सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिका तथा पश्चिमा देशका गैरसरकारी संस्था, क्षेत्रीय रुपमा भारतको प्रभुत्ववादी नीति, नेपाल–चीनबीच बढ्दो व्यापार असन्तुलन, तिब्बत स्वतन्त्रतावादी तŒव, नेपालतर्फको अविकसित भौतिक पूर्वाधारको अवस्था प्रमुख समस्याको रुपमा औंल्याइन्।

चीनको सिजाङ मिङ्जु विश्वविद्यालयको इन्स्टिच्युट अफ साउथ एसियाका उपनिर्देशक डिफाङ्ग्यो ओले चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण गर्न सकिए त्यसले दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा दसौं लाख मानिसलाई गरिबीबाट मुक्त गर्न सकिने बताए ।

'चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण भए त्यसले सहनशीलता, आपसी सम्मान र मित्रतालाई बढोत्तरी गर्नेछ,' उनले भने।

सो कार्यक्रममा चीन सरकारलाई सल्लाह दिने संस्था 'चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्स' का राजनीतिक मामिलाका सदस्य हुवाङ योईले नेपाल र चीनका सञ्चारमाध्यमबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए।

नेपालका भौतिक पूर्वाधार विज्ञ सूर्यराज आचार्यले वान बेल्ट वान रोडको भौतिक पूर्वाधारमात्रै नभएर प्रविधि हस्तान्तरणको विषयमा पनि आउनुपर्ने बताए।

प्रकाशित: ६ माघ २०७३ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App