१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

वासिङटन—अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस बिरामी परेपछि अस्पताल भर्ना भएका छन्। ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन्। 

उनको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए।  के रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको भन्ने बताइएको छैन। पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो। 

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरका हुन्। उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए। उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए।

प्रकाशित: ५ माघ २०७३ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App