७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एनआरएनएद्धारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं- गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।  

गैह्र आवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।  गैह्र आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे।  एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यस अघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराएको थियो।  बिहीबार फेरी ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन ९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताए।  यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ।  यस्तै एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताए।

एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सजिलो बेला भन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरु नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिए। उनले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु पारदर्शी रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने समेत बताए।

एनआरएनए दक्षिण कोरियाले एक व्यक्ति एक टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकहरुबाट रकम उठाई परीक्षण किट सहयोग गरेको छ।  यस्तै आगामि दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएहरुले बताएका छन्।   

प्रकाशित: १८ वैशाख २०७७ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App