८ वैशाख २०८१ शनिबार
राजनीति

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

सिके राउतकाे कार्यक्रममा सहभागी कार्यकर्ता। तस्बिर: मिथिलेश यादव

लाहान– दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड बोकेका छन्।

सिके राउतले सहिद स्मारकमा माल्यापर्ण गर्ने र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसकालागि सिके राउत केही समयपछि लाहान आइपुग्दै छन्। तर प्रहरीले भने उनलाई सहिद स्मारकमा माल्यापर्ण गर्न दिने तर सम्बोधन गर्न नदिने जनाएको छ। प्रहरी स्रोतका अनुसार शान्तिपूर्ण रुपमा माल्यापर्ण गरेपछि राउतलाई फिर्ता पठाउने तयारी भइरहको छ। अहिले कार्यक्रम स्थलमा राउत समर्थक युवाको बाल्को उपस्थिति रहेको छ।

यता आजै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि लाहानमा दशौं मधेस बलिदानी दिवस मनाउँदै छ। त्यसकालागि मधेसी मोर्चाका नेताहरु लाहान आइपुगेका छन्।
मधेसी मोर्चाले सहिद पार्कभन्दा २० मिटर पश्चिममा मंच बनाएको छ। मधेसी मोर्चाको कार्यक्रममा भन्दा सिके राउतको सभामा जनसहभागीता बढी छ। राउतको सभामा युवाहरुको बाक्लो उपस्थिति छ।

मधेसी मोर्चाको सभालाई सम्बोधन गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव तथा तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जंगीलाल यादव लाहान आइपुगेका छन्। दुवै सभालाई मध्यजनर गर्दै लाहानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  
 

प्रकाशित: ५ माघ २०७३ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App