coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२६ सांसदले ट्रम्पको शपथग्रहण बहिष्कार गर्ने

वासिङटन–आगामी शुक्रबार सम्पन्न हुन गइरहेको ४५औँ अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन्।
अमेरिकामा दुई सदनात्मक व्यव्स्थापिकालाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट)समेत गरी यसको दुवै सदनमा सदस्य संख्या जम्मा ५३५ रहेको छ ।

आइतबार मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्रेिटक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्र्यािटक पार्टीलाई समेत तथानाम गाली गरेका थिए ।     यसको विरोध स्वरुप २६ जना डेमोक्र्याटिक काँग्रेस सदस्यहरुले सो औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् ।

यसैबीच ट्रम्पको अन्तर्वाताले बर्लिन र पेरिसलाई क्रुद्ध बनाएको छ । आइतबार दुई पत्रिकालाई अन्तर्वाता दिँदै ट्रम्पले मर्केलको आप्रवासी नीतिको विरोध गरेको थिए । सो क्रममा उनले बेलायतले युरोपेली संघ त्याग गर्ने बारे गरेको पूर्र्विनर्णयको प्रशंसा गर्दै अन्य देशले पनि त्यसैगरी युरोपेली संघ त्याग गर्दैजाने विश्वास व्यक्त गरेका थिए ।

साथै, ट्रम्पले जर्मनीकी चान्सलर एन्जेला मार्कलको ठूलो सङ्ख्याका बाहिरिया शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने नीतिको पनि तीब्र आलोचना गरेका थिए ।
रम्पको भनाइको प्रतिवाद गर्दै जर्मन चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन् । साथै युरोपेली एकता नै ट्रम्पलाई गतिलो जवाफ हुने बताएकी छिन्।     
बाहिरियाको उपदेश चाहिन्न :ओलान्द
फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले युरोप आफ्नै मूल्यमान्यताबाट निर्देिर्शत हुने भन्दै बाहिरियाको उपदेश अनावश्यक भएको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वा्चित डोनाल्ड ट्रम्पले ब्रिटिश तथा जर्मन अखबारहरुलाई अन्तर्वार्ता दिंदै ब्रिटेनले युरोपेली युनियन त्याग्नेबारे गरेको मतदान अर्थात ब्रेक्जिटको प्रशंसा गर्दै अन्य देशले पनि त्यसै गर्ने विश्वास व्यक्त गरेका थिए ।

पेरिसमा  फ्रास्वाँ ओलान्दले आफ्नो मार्ग तय गर्न युरोपलाई कसैको उपदेश नचाहिने बताए । उनले भने, ‘युरोप अमेरिका ट्रान्सएटलान्टिक सरसहयोग निरन्तरताका लागि युरोप तयार छ । तर त्यो युरोपको आफ्नै स्वार्थ अनि मूल्यमान्यतामा आधारित हुनेछन् । युरोपलाई के गर्नुपर्छ भनेर बाहिरियाको उपदेश आवश्यक छैन ।’

 

प्रकाशित: ५ माघ २०७३ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App